Posts

Showing posts from May, 2009

यस्ता मान्छेहरुलाई पनि चिन्नुपर्छ

टिकाराम ढकाल दुबाई कोही बाँच्नको लागि खाने गर्छन कोही खानको लागि बाँचेका हुन्छन् मान्छेहरुकोही देशको लागि रुने गर्दछन कोही पेटको लागि रोएका हुन्छन् मान्छेहरु ,जो बाँच्नको लागि खाने गर्दछन ती साँच्चिकै मानव हुन्छन् मान्छेहरुजो खानको लागि बाँचेका हुन्छन् ती वास्तवमा नरभक्षी हुन्छन् मान्छेहरुजो देशको लागि रुने गर्दछन देशसँगै दुःख, सुख साट्ने गर्दछन मान्छेहरुजो पेटका लागि रुने गर्दछन देशका अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन मान्छेहरुजो देशसँगै दुःख, सुख साट्ने गर्दछन देशको लागि मर्न पनि तयार हुन्छन् मान्छेहरुजो देशको अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन ती यथार्थमा बाँचेर पनि मरेका हुन्छन् मान्छेहरुजो देशका लागि मर्ने गर्दछन ती मान्छेहरु जो बाचेर पनि मरेका हुन्छन् मान्छेहरुजो 'नरभक्षी' हुन्छन् ती मरेर पनि 'किचकन्या' बन्दछन सान्चै मान्छेहरुबाहिर हेर्दा भद्र हुन्छन् भित्र चाहिं छुद्र हुन्छन्। तर म भन्छु ( टिकाराम ढकाल ) "मेरो नेपाल मलाई प्राण भन्दा पनि प्यारो लाग्छ । नेपाल को बिकास को लागि हामी सबैले हात मा हात मिलाउ ।" -- With Best Regards, Tikaram Dhakal Sukh Sagar

प्रधानमन्त्री प्रचण्ड धन्यवाद ज्ञापन गर्दै सरकारबाट विदा

Image
प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा दिइसकेपछि काम चलाउ प्रधानमन्त्रीका हैसियतले संविधान सभाको संसदमा दिनुभएको सम्बोधनको पूर्ण अंश । सभामुख महोदय,नेपाली राजनीतिको अत्यन्त तरल, सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरूका अगाडि उभिएर केही कुरा राख्दैछु । गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव, अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन । अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन ? समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन ? यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन ? देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दूरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन ? आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरू खेलिरहेको तथ्य सजिलै बुझन सकिन्छ । यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरूका साथै महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र, समृद्ध एवं नयाँ लोकता

जनमुक्तिसेनालाई लाल सलाम

- खगेन्द्र संग्रौला जनसेना दिवसको यो विशाल कार्यक्रममा आउनुभन्दा अगाडि यसमा आउने कि नआउने भन्ने विषयमा मेरो मनमा द्विविधा थियो । यो कार्यक्रम आधासम्म हेरिसकेपछि मलाई के लाग्यो भने यदि म यहाँ नआएको भए देशको एउटा वास्तविकताको पाटो मेरो आाखाबाट गुम्ने रहेछ । मलाई निम्ता गर्ने साथीहरू र मलाई यहाँ आउन कर गर्ने साथीहरूलाई म धन्यवाद दिन्छु । म माओवादी होइन । त्यसो त म खाओवादी पनि होइन । म एक सचेत नागरिकको दृष्टिकोणबाट जनमुक्ति सेना नेपालले परिर्वतनका क्रममा गरेका योगदानहरू त्यसको स्थान र दायित्वका बारेमा केही टिप्पणी गर्न चाहन्छु । मैले रुसी र चिनियाँ साहित्यको नेपालीमा धेरै अनुवाद गरेा । रुसी साहित्य र चिनियाँ साहित्यको अनुवाद गर्दा मेरो सम्पर्कमा छापामारहरू आएका थिए । जनसेना आएको थियो । तिनको टोपी, टोपीमा लगाउने रातो तारा र तिनले लगाउने कम्ब्याटको मैले नेपालीमा रूपान्तरण गरेको थिएँ । आज मैले मेरो मातृभूमिको आागनमा नेपाली समाजलाई शोषण, विभेद र अत्याचारबाट मुक्त गर्नका निम्ति आफ्नै आासु र पसिनामा पौडी खेल्दै यहाँसम्म आएको जनसेनालाई देखेको छु । त्यसबाट म गौरवान्वित भएको छु । म हषिर्त भएको छु ।

कती राम्रो नेपाल

Image
कती राम्रो नेपाल हिउ नै हिउको हिमाल बिहानिको घाम हिमालमा झुल्किने नेपालको सगरमाथा संसारमा टल्किने बिहान् उठदाखेरी हिमालहरु झलल तल हेर्दा हिम नदिहरु बगे सलल ज्ञानको ज्योति बुद्धले जताततै फैलाए अरनिको र भ्रिकुटी हरु नेपालमै जान्मिए जलस्रोत्को धनी देस नेपाललाई चिनायो दिन को २० घन्टे लोड सेडिङले जनतालाई सतायो हेर्दा खेरी चारै तिर झरना हरु झरेका किन होला नेताहरु सधैं लडेका बिदेसमा हेर्यो भने कती राम्रो चाल नेपालमा सधैं हुन्छ बन्द हडताल पुग्यो अब आन्दोलन जुटौ बिकासमा पर्छ नेताहरु अब निकासमा दर्पण गौतम डेन्मार्क

Norway pats Dahal on back

Image
BY JOHN NARAYAN PARAJULI AMSTERDAM, May 8 - Norway has appreciated Prime Minister Pushpa Kamal Dahal’s act of quitting the government and hoped that the peace process continues despite the hiccups. “Maoists deserve credit for acting democratically in the current crisis. When they could not do what they wanted, the Prime Minister resigned in a true democratic fashion,” Norwegian Minister for Environment and International Development Erik Solheim told the Post over phone from Oslo. “I take a very optimistic view. I am hopeful that the conflict will be resolved peacefully and that Nepal’s peace process will continue to move further in positive direction.” He stressed that the international community can assist but only the local ownership can yield meaningful results. “First of all, the local ownership is important to resolve any conflict,” Minister Solheim said. “Of course if any assistance is asked of us, we will provide whatever we can.” Minister Solheim played a part in encouraging th

जङ्गी अड्डाबाटै बाँडियो भिडियो

जङ्गी अड्डाबाटै बाँडियो भिडियो नरेश खपाङ्गीमगर काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइ समेटिएको विवादास्पद भिडियो टेप नेपाली सेनाको सैनिक मुख्यालयबाटै बाँडिएको पाइएको छ । सरकारले रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउन स्पष्टीकरण सोधेपछि मुख्यालयले सो भिडियो टेप राष्ट्रपति डा. रामवरण यादव, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला तथा संविधानसभामा रहेका विभिन्न राजनीतिक दलका नेताहरूलाई बाँडेको सैनिक स्रोतले गोरखापत्रसँग दाबी गरेको छ । यसैगरी सेनाले उक्त भिडियो नेपालस्थित भारतीय राजदूत, अमेरिकी राजदूत तथा विभिन्न कूटनीतिक नियोगमा अङ्ग्रेजी भाषामा उल्थासहित वितरण गरेको नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएको छ । कटवाल प्रधानसेनापति रहेका बखत डेढ वर्षअघि एक जनमुक्ति सेनाको सहयोगमा सो भिडियो टेप जनमुक्ति सेनाको शिविरबाट बाहिर ल्याइएको थियो । कटवालका तत्कालीन स्टाफ मेजर डिकबहादुर थापाले भिडियो बाहिर ल्याउन जनमुक्ति सेनाका एक उपकमान्डरसित सम्पर्कसूत्रको काम गरेको स्रोतले बतायो । टेप बा

आमालाई चिट्ठी

Image
मिती- २०६६- बैशाख १२ गते मातातिर्थ औंशी आमा ! पृथ्वी लोक बाट साष्टाङ दण्डवत । आमा तिम्ले भौतिक रुपमा हामी सम्पूर्ण परिवारजनलाई छोडेर गएको पनि ५ बर्ष भई सक्यो। आमाका ईच्छा पुरा भए कि भएनन भन्ने कुरामा हामी सबै जनहरु सोचनिय छौं। आज मातातिर्थ औंशीको दिन आमालाई सम्झेर आफ्ना भावना उतार्न भनेर म कान्छो छोरो कण्ठु कापी कलम लिएर बसेको छु। पहिला त आमाको आत्मालाई शान्ती मिलोस भन्ने कामना गर्दै घरपरिवारको सन्चो बिसन्चो का बारेमा केही कुरा लेख्छु। सबै भन्दा पहिला त मनले लेख्न पनि नदिने, भन्न पनि नसक्ने र अझै पनि स्विकार गर्न नचाहने तर यथार्थका बारेमा नै भन्नु पर्दा मन त्यसै मर्माहत भएको छ। आमाको स्वास्थ्य समस्या बिशेष गरी दम, ब्लड प्रेसर र आँङ खस्ने थियो। पछील्लो समयमा दमले आमालाई निकै गाल्यो। धेरै सन्तान जन्माउनु, समयमा उचित औषधोपचार र स्वास्थ्यको रेखदेख पनि नहुनु, गर्‍हुङगा भारी बोक्नु पर्ने कारणबाट नै आमालाई निकै अप्ठ्यारो भयो। उपचार गर्दा गर्दै पनि आमाको स्वास्थ्य समस्या नै गम्भिर भएका कारणले हामीलाई अली छिट्टै नै छोडेर जानु पर्‍यो। तर पनि आमाले गर्नु पर्ने जिम्मेबारी परिवारमा केही बाकी रहेन ।

देशमा कु भै रहेछ

Image
देशमा कु भै रहेछ उठ जनता हो देशमा कु भै रहेछ । नयाँ राष्ट्रपती कार्यकारी भए , प्रधानमन्त्री सेरेमोनिअल भए हेर त जनता हो हाम्रो देस कता गै रहेछ । अनी देस कस्ले चलाई छ। शाहीदको रगत पानी भै रहेछ नेपाल को मालिक बिदेशी भै रहेछ । राजनीति सडी रहेछ, नेताहरु गनाइ रहेछन । शान्ती भागी रहेछ । गठबन्दन् चली रहेछ । पुराना राजाका मान्छे हरु , फेरी नयाँ जामा लगाएर नयाँ नाटक को शुरु गरी रहेछन । हाम्रा अंकलहरुको रगतको उपहास गरिरहेछन । वीर शाहीद को रगत पोतिएको देशमा फेरी कालो रातको अन्ध्यारोले छाइ रहेछ । शहिद्का छाप्रोमा आसुँ बगी रहेछ । मुलुकमा फेरी कालो बादल मडारीई रहेछ । दर्पण राज गौतम

आमाको माया अमर हुन्छ

Image
आज ०६६ साल बैशाख १२ गते आमाको मुख हेर्ने दिन !संसारमा सबैभन्दा ठुलो आमा हो। आज बिहान उठी नुहाइ धोही गरी आमालाई ढोग गरे। आमाले हामीलाई दश महिना गर्वमा राखी धेरै दु:ख गरी जन्माइ, हुर्काइ धेरै कष्ठ गरेर बदाउनु भयो। हामीले आमालाई सधैं खुशी बनाउनु पर्छ। आमाले सधैं हामीलाई राम्रो र ज्ञानबर्दक कुराहरु सिकाउनुहुन्छ। सबै भन्दा बढी माया आमाले गर्नु हुन्छ। आमाको माया सँग केही पनि तुलना गर्न सकिन्न र हुन्न पनि । हाम्रो जन्मा भुमी पनि आमा सरह हो । आमाकै माया पाएर कोही प्रधानमन्त्री भए, कोही राष्ट्रपती भए, कोही डाक्टर भए, कोही भए त्यस्तै कोही बज्ञानिक त खोही पाइलट, शिक्षक आदी भए। आफ्नो खुट्टामा आँफै उभिन सक्षम बनाउने पनि आमानै हो । आमाको माया निस्वार्थी हुन्छ। आमाले हामिलाई सधैं एकनास ठानेर माया गर्नुहुन्छ। आमाको माया हामीले कहिलेपनी भुल्ना सकिदैन। आमा भन्ने शब्द नै सबैको गौरबमय शब्द हो। आमाले हामीलाई गाली गरेपनी हामै राम्रो लागि हो । कतिपय छोराछोरिहरुले त आमाकोको कुराहरु पनि सुन्दैनन, माया पनि गर्दैनन तर त्यस्ता अज्ञानी छोरीहरुलाई पनि आमाले निस्वार्थ माया गरिरहनु भएको हुन्छ। एउटी आमाले छोराछोरिलाई