Posts

Showing posts with the label samaj

आरनको पानी यसरि ओकलें मैले

Image
म बाहुन हो भन्ने कुरा जन्मेको धेरै पछि मैले थाहा पाएको कुरा हो। मैले बाहुन हुन पाउँ भनेर कहीं कतै हक दाबी पनि गरेको छैन। म जन्मदै बाहुन भएर जन्मेको हो अथवा अरु कसैले मलाइ बाहुन बनाई  दिएको हो त्यो कुरा मलाइ अझै सम्म प्रमाणित रुपमा थाहा छैन। हजुरबाको थर पाध्या अर्थात पुनाखर पाध्याय थियो त्यो कुरा मलाइ राम्रो संग थाहा छ। सायद पाध्याय भनेको उपाध्याय होला। एक पटक हाम्रा कान्छाबा संग खरबारीमा घाँस काट्न संगै जाँदा सोधेको थिएँ : '' कान्छाबा पुजा गरेर पोको किन हजुरले र बाले मात्रै ल्याउने ? गाउँका अरुले किन नल्याउने ? '' एक हप्की त्यतिबेलै खाएँ '' तँलाई खाली किन यस्ता उटपट्याङ् कुरा मात्र गर्न पर्ने भन त ? हामी उपाध्याय भएर मात्र यस्तो गर्न पाको हो। सबैले पुजा गर्न थाल्ने हो भने तैंले केरा, सुन्तला, मनबौ , पुवा कसरि खान पाउँथिस त ? '' एक मनले त होतनि जस्तो पनि लाग्यो। तर मनमा खस खस भने मेटिएको थिएन।  फेरी एउटै कुरा सोधी राख्ने कुरो पनि भएन। हाम्रा बाउ बाजे शोषक बर्गका थिएनन। आर्थिक अवस्था न्यून थियो। आफ्नै जग्गाको उब्जनीले धान्न गाह्रो गाह्रो पर्थ्यो। कहिले क...