Posts

Showing posts from July, 2009

कतारमा जाहाज डुबेर २ को मृतु १० जना बेपत्ता

दोहा -कतार, जिहाजमा ३५ जना थिए ६ जनाको जीवितै उद्धार ७ जनाको शव फेला संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुब्दा २ नेपालीको मृत्यु भएको छ । १० नेपालीसहित २२ जना बेपत्ता छन् । जहाजमा ३५ जना थिए । तीमध्ये ६ जनाको जीवितै उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ । दोहा-दुबईबीच फैलिएको झन्डै एक हजार किलोमिटर लामो पर्सियन -मृत) सागरमा सञ्चालित पानीजहाज मंगलबार बिहान बेपत्ता भएको हो । जहाजबाट सातजनाको शव प्राप्त भएको हो । उद्धार गरिएका र शव फेला परेका अधिकांशको पहिचान हुन नसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो । जहाजमा यात्रारतमध्ये २४ जना एचबीके कम्पनीकै कामदार, २ हजाजकर्मी र २ जना क्याटरिङ स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाइम्स दैनिकले जनाएको छ । तीमध्ये १२ नेपाली, ११ भारतीय र एक बंगलादेशी रहेको समाचारमा उल्लेख छ । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार जहाजमा दुबईस्थित एच