Posts

Showing posts from March, 2018

आरनको पानी यसरि ओकलें मैले

Image
म बाहुन हो भन्ने कुरा जन्मेको धेरै पछि मैले थाहा पाएको कुरा हो। मैले बाहुन हुन पाउँ भनेर कहीं कतै हक दाबी पनि गरेको छैन। म जन्मदै बाहुन भएर जन्मेको हो अथवा अरु कसैले मलाइ बाहुन बनाई  दिएको हो त्यो कुरा मलाइ अझै सम्म प्रमाणित रुपमा थाहा छैन। हजुरबाको थर पाध्या अर्थात पुनाखर पाध्याय थियो त्यो कुरा मलाइ राम्रो संग थाहा छ। सायद पाध्याय भनेको उपाध्याय होला। एक पटक हाम्रा कान्छाबा संग खरबारीमा घाँस काट्न संगै जाँदा सोधेको थिएँ : '' कान्छाबा पुजा गरेर पोको किन हजुरले र बाले मात्रै ल्याउने ? गाउँका अरुले किन नल्याउने ? '' एक हप्की त्यतिबेलै खाएँ '' तँलाई खाली किन यस्ता उटपट्याङ् कुरा मात्र गर्न पर्ने भन त ? हामी उपाध्याय भएर मात्र यस्तो गर्न पाको हो। सबैले पुजा गर्न थाल्ने हो भने तैंले केरा, सुन्तला, मनबौ , पुवा कसरि खान पाउँथिस त ? '' एक मनले त होतनि जस्तो पनि लाग्यो। तर मनमा खस खस भने मेटिएको थिएन।  फेरी एउटै कुरा सोधी राख्ने कुरो पनि भएन। हाम्रा बाउ बाजे शोषक बर्गका थिएनन। आर्थिक अवस्था न्यून थियो। आफ्नै जग्गाको उब्जनीले धान्न गाह्रो गाह्रो पर्थ्यो। कहिले क

बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला

बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला    अब कहिल्यै भेट घाट नहुने मान्छेको संस्मरण लेख्ने काम मलाइ निकै कठिन लाग्छ । बाँचुन्जेल जसले आफ्नो जीवनका सबै अमुल्य कमाईहरु समाजलाई दियो , परिवारलाई दियो, र आँफु जन्मेको माटोलाई दियो त्यो क्षण निकै महत्वपुर्ण हुन्छ। कसैले पनि  जीवनको हराभरापुर्ण समयमा मृत्युको कल्पना गरेको हुँदैन र गर्नु पनि हुँदैन। जीवनको अन्तिम घडी सम्म पनि बिष्णु पौडेलले भविष्यका योजनाहरु सुनाउनु हुन्थ्यो। रसिला कुराहरु गर्नु हुन्थ्यो र उहाँको स्वास्थ्य अवस्था देखेर चिन्ता ब्यक्त गर्ने हामीहरुलाई समेत उल्टै ढुक्क पारेर फर्काउनु हुन्थ्यो। त्यस्तो उच्चतम साहस र मनोबल थोरैमा मात्र हुन्छ भन्ने मलाइ लागेको छ।  सायद इ स २००९ को फेब्रुवरी महिनाको अन्त्य तिर  हुनु पर्छ , कोपन्हेगनको सेन्ट्रल स्टेशनमा उहाँ संग पहिलो जम्का भेट भएको थियो। उहाँ एक जना अर्को साथि संग कुरा गर्दै हिड्नु भएको रहेछ। हतारिंदै रेल समाउन दौडेको थिएं म , कसैले नेपाली बोलेको सुन्ने बित्तिक्कै नमस्कार भन्दै बोल्ने बहाना गरियो। म रोस्किल्डेमा बस्ने हुँदा प्राय नेपालीहरु फेला पार्न मुस्किल हुन्थ्यो। बिष्णु ज

टेक बहादुर आले: व्यक्ति एक ,व्यक्तित्व अनेक

टेक बहादुर आले सर मेरो संस्मरण                           व्यक्ति एक ,व्यक्तित्व अनेक                                                   उदय राज गौतम                                                        हुवास ३ ,पैयुँ हटिया                                                           हाल : डेनमार्क टेक बहादुर आले संग अब भेट हुँदैन भन्दा यो कुरा पत्याउन मलाइ निकै गाह्रो भै रहेको छ । हुन त मलाइ हाम्रा बा ले यो धर्ती छाडेको बेला यस्तै अनुभूति भएको थियो।यस पटक गाउँ जाँदा न त बा को तेजिलो अनुहार देख्न पाइयो न त आले सरको सिनित्त परेको मुखाकृतिको झल्को मेट्न पाइयो । झन्डै आधा घण्टा आले सरको घरको डिलमा बसेर यता उता नजर डुलाउदा जता सुकै मैले उजाड देखें।हरिया रुखका पातहरु पनि सुकेका जस्तो लाग्यो।जहिले पनि सांझ घरमा पुगे पछि भोलि पल्ट बिहानै सात नबज्दै उहाँको घरमा पुग्थें म ।कुनै कुनै बेलामा अलि ढिला सम्म सुत्यो भने बाले , ए माइला आज टेक बहादुर काहाँ  जान्नस कि क्या हो ?'' भनेर सोध्नु हुन्थ्यो । तर , यस पटक भने एक्लै जाने हिम्मत आएन ,भाइ निलकण्ठलाई जाम न हिंड भनेर संगै लिएर ग