Posts

Showing posts with the label नया पत्रिका दैनिकबाट
भुटान, नेपाली शिविर हुँदै अमेरिकी चित्रप्रसाद पिट्सबर्ग, मंसिर २७ (एजेन्सीहरु)नयाँ घरको बाथरुममा जब सावरबाट पानी झर्न थाल्यो चित्रप्रसाद गौतम र उनका परिवार अचम्म मानेर मास्तिर हेर्दै थिए। ´एउटा कुरो सोध्नु छ´, चित्रले स्याम्पुको बोतल हातमा समात्दै भने, ´यसलाइ टाउकामा दलेर पानी भित्र जाने कि, पानी भित्र गइसकेपछि दल्ने?´ १९ वर्षे चित्र भर्खरै अमेरिकाको शरणार्थी शिविरमा नयाँ जीवन सुरु गर्न आउने ५३ हजार नेपाली जाति मध्येका हुन् जसको उठिबास आफ्नै मुलुक भूटानबाट निकै अघि भएको थियो। उनीजस्ता ६० हजारलाई आफूकहाँ भित्र्याउन अमेरिका तयार भइसकेको छ। त्यसो त, यस अघि इराकी र बर्मेली शरणार्थीहरुको धुइरो लाग्दा अमेरिकामा निकै हल्लीखल्ली मच्चिएको थियो। तर दक्षिण एशियाको मसिनो देश भूटानबाट आएका यी समुदायको आगमन भने चुपचाप रह्यो। एक त अमेरिकामा भूटानी समुदाय छैन त्यसमाथि यी मध्ये अधिकांशलाइ पिट्सबर्ग जस्ता ठूला शहरमा बसाइएको छ जहाँ लगातार हटाइदै लगिएका उद्योगहरुको स्थानमा फरक संस्कृतिको बसोबास स्थापना गर्न स्थानीय अधिकारीहरु लागिपरेका छन्। चित्रको जस्तो परिवारलाई घर, खाना, सामाजिक सुरक्षा, अंग्रेजी कक्षा...