Posts

Showing posts from January, 2014

Education I deserve.

Darpan Raj Gautam Education for me, Is quite funny Imagine this Made a grammar mistake Teachers hitting me with sticks Until I was 9 I am asking my self, Why? Am I too stupid or Are they too clever No one could evEr do me a favour. Alone, with no one to answer my question Struggling with the theory  to have no mistakes and be perfect Grow old, Be a man with a office job or else you are no use to this world Staring at the black board With a teacher and them carrying a stick Wow, what a pressure for a kid who goes in 3rd grade. The education I deserve is to, Be free from confusion. Learn and gain education,  More you learn, more passion Leads you to more wisdom; Makes you a gentleman, Learn and gain Education. Only true education, Brings us to civilization Uplift a backward Nation, Flourish a community, Cast, creed and humanity. More you learn, more you gain, Education, education, Helps us with communication, Creates our lengthy vision, Enables to r
Image
यसरी सुध्रन सक्छ एकीकृत माओवादी २०७० पुष १४ गते १३:०१ मा प्रकाशित   848     4       0 उदयराज गौतम आफैंले आफैंलाई ठोक्ने भनेको के हो ?,  यो कुरा झट्ट सुन्दा अचम्म लाग्नसक्छ । ठोक्नु भन्नाले अलि जोडपूर्वक हिर्काउनु नै भन्ने हुन्छ । ठोक्नु भनेको प्याट्ट पार्नु होइन । राजनीतिमा सबैले यसको अर्थ बुझ्ने कुरा पनि भएन । बसेर उठ्दा खुट्टा झन्झनायो भने अरुको कान चिमोट्ने चलन छ । यसो गर्दा खुट्टामा रक्त सन्चार हुन गर्इ पुन: सक्रिय हुन थाल्दछ । पार्टी जीवनमा पनि पार्टीका अंग प्रत्यंगहरू बेलाबखत निष्कृय बन्छन । ती निष्कृय अवयवहरूलाई सक्रिय पार्न चिमोट्ने,  झक्झकाउने  मात्र होइन कहिलेकाहीँ सियोलेसम्म घोच्नुपर्ने हुन्छ । अर्थात, लामो समयसम्म गतिहीन बन्यो भने विधिपुर्वक अकुपञ्चर गर्नुपर्ने हुन्छ । प्रसंग हालै सम्पन्न संबिधानसभा चुनावको हो । एकीकृत (माओवादी) ले अप्रत्यासित पराजय भोग्नुपरेपछि अहिले चौतर्फीरुपमा केन्द्रदेखि तलसम्म यसले ठूलो तरंग ल्याएको छ । राप र ताप सृजना गरेको छ ।  जुन स्वभाविक पनि हो ।  जनताले अब एमाओवादीले आफैंले आफूलाई कसरी ठोक्छ, हेर्नेवाला छन् । माघको चिसो जाडोमा
Image
समानुपातिकको भाँडभैलो: विनाशकाले विपरित वुद्धि २०७० पुष १८ गते १९:०३ मा प्रकाशित   371     1       0 उदयराज गौतम जीव विज्ञानले के भन्छ ?, थाहा भएन । तर प्रचलित नेपाली उखानमा भने अन्त्य हुने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ रे । नीति शास्त्र के भन्छ भने ’अति सर्वत्र बज्रयत’  अर्थात अति भएपछि त्यसको चौतर्फी नकारात्मक प्रभाव पर्दछ । संविधानसभा भाग २ को निर्वाचनपछिका केही राजनीतिक घटनाक्रमहरूलाई सर्सर्ती नियाल्ने हो भने चर्चाको शिखरमा नेकपा एमाले रह्यो । कारण उसले रामकुमारी झाँक्री र राजेन्द्र राईजस्ता एक समयका चर्चित विद्यार्थी नेताहरूलाई समानुपातिकमा सिफारिस गरेन । झाँक्रीकै  शब्दमा भन्ने हो भने ‘पार्टीलाई रगत दिने भन्दा नगद दिने प्यारा भए’। यो प्रसंगले पनि नेपालि राजनीतिमा एकखालको तरंग सृजना गर्‍यो । नेपाली कांग्रेसमा ओछ्यान तताउनेहरूलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वतिरकी एक दलित महिलाले ’म त राम्री पनि छैन,लवार्इखुवार्इ पनि यस्तै छ’ भनेर ब्यंग्य गरेकासम्म समाचार आए । यद्यपि यो अलि अश्लीलपाराको गालीगलोज भएकोले होला, खासै लामो समय बजारमा टिकेन । पहिलो संविधानसभाम