Posts

Showing posts from February, 2010

सहिद कृष्ण गौतमको सस्मरणमा

Image
- उदयराज गौतम , हाल रोस्किल्डे ,डेनमार्क जसलाई गुमाइन्छ ,उसको बारेमा सस्मरण लेख्ने कुरा निकै पिडादायक हुदो रहेछ ।बिगतको सम्झनाले मन मस्तिश्क लाई पुरै लथालिङग पार्दो रहेछ । केही लेख्न थाली हाल्योभने पनि कलमको गती रोकिएर ,कागज भिज्ने शिवाय केही भएन । अली पहिलानै कन्ठुले ईमेल मा लेखेको थियो, हाम्रो स्कुलको स्वर्ण जयन्ती समारोह हुदैछ। बिशेषान्कमा प्रकाशित गर्न साइला दाईको बारेमा एउटा सस्मरण लेखनु भनेर । त्यस पछि बिमारी भएर लामो समय अस्पतालमा बस्नु पर्योर । तेसै पनि बिदेशमा बसेपछि स्वदेशको कल्पनाहरु दिमागमा नाची रहन्छन। अझ त्यस्मा पनि आफुले अक्षर आरम्भ गरेको बिद्यालयको स्वर्ण जयन्ती मनाउने कुरो सुन्न पाउदा मन त्यसै फुरुग हुने भो । पिडा र हर्सको चेपुवामा परेर आफनो भाई जो आज एउटा महान शहिदहरुको पक्तिमा नामान्कित छ । त्यो सस्मरण एउटा बौधिक खुराक नभएर सानो गन्थन मात्र हुने कुरामा कुनै सन्का छैन । त्यो बिद्यालय जसले कृष्ण गौतमलाई अक्षर शिकायो र जहाँ सेवा गर्दा गर्दै दर्जनौ पटक खुनी शाशकहरुले वरेन्ट जारी गरे ,घरमा पुरजी टास्ने काम गरे । र, अन्त्यमा एउटा निशश्त्र ब्यक्तिलाई दुश्मन हरुले कायर्तापुर

खाएको भत्ता खेर नै गएछ

Image
देवी गौतम परिवर्तनलाई कुर्दाकुर्दै आँखा नै पाटिएछ । केही हुन्छकी भनेको त प्रधानमन्त्री पो साटिएछ ।। खोइ जनतालाई त नयाँ नेपालको अनुभुतिनै भएन। २१ काइसौ शताब्दीमा आउँदा पनि राजतन्त्रको अवशेष अझै गएन ।। रात गयो अघ्राख पलायो, हिउद,बर्षा धेरै नै भै सक्यो । बेपत्ता भएको सन्तानको पर्खाइमा बस्दा बस्दै बुढाबुढीको प्राण पनि गै सक्यो ।। खोइ अझ पनि परिबर्तन को उजयालो आउने भएन। २ बर्ष मा सबिंधान लेख्ने भनेको त त्यो एजेन्डा सम्सदमै गएन ।। ६०१ जना एकै ठाउँमा नै नबसी २ बर्ष सकिन गएछ । अब त ६०१ जनाले यतिका समय खाएको भत्ता खेर नै गएछ ।। सम्सदमा नेताहरु सत्ताको खेलमा कुर्सी ताना तान । हरेक दिनको बन्द,असुरक्षा अनी सडकमा ईटा हाना हान ।। बहारै मास चप्पल लगाउनेहरु अहीले चिल्ला कारमा सरर । सिउदो पुछिने, टुहुराहुने र काख रित्तिनेहरुको आँशु बरर ।। कापी कलम छैन गरिबका छोरा छोरी पढाऊन। नेताहरुको लावा लस्कर लागेकाछन् देशलाई सडाउन ।।

देस छाड्ने चलन नै भएछ

Image
देवी गौतम हाल :डेन्मार्क दिन गन्दै जादा दुई बिस काटिएछ पत्तै भएन । सघर्स गर्ने दिन गएकी भनेको त आएकै रहेन छ थाहा नै भएन ।। कहिले सम्म हो जिजिविशामा अल्झिने मलाई त मेसै भएन अतितको मनोबिज्ञान मा रुमलिने कुरा पनि भएन। "जीवन संघर्ष हो"मैले यो कतै पढेको थिए । त्यसैले त मैले यसलाई सजिलै लिएं ।। सघर्ष छोडियो की भनेको त झन पछी पछी पो आएछ । अझै कती उकाली वराली गर्ने हो समय निकै बलवान रहेछ ।। के गर्ने समयलाई जित्न कसैले पनि सकिने रहेन्छ । सोचे जस्तो जिन्दगी कसै गरे पनि हुदो रहेन्छ ।। समय र जिन्दगीलाई सघर्सले मिलाउने रहेछ । कहिले हासो त कहिले रोदन यही जीवनमा भएछ।। सुन्दर भविस्य खोज्दा खोज्दै जिन्दगीनै गै सकेछ । परिवर्तन सँगै साईनो गास्दा गास्दै यहाँ आइ पुगिएछ ।। त्याग तपस्या र संघर्ष जीवनकै पाटो रहेछ । सुन्दर भविस्यको नाउमा देस छाड्ने चलन नै भएछ ।।