Posts

Showing posts from January, 2018

बाल मनो विश्लेषण (1)

बाल मनो विश्लेषण       (1)                           Udaya Raj Gautam                                               Copenhagen ,Denmark छोरा छोरी कस्तो बनाउने ? 'धेरै चक चक नगर  है पुलिस बोलाइ दिम्ला, ' ६ महिना जति अगाडिको कुरा हो , एक जना साथीको घरमा चिया पिउंदै नेपालको चुनाबी गफ गर्दै गर्दा  उनको ३ बर्षे छोरालाइ शान्त पार्न प्रयास गर्दै थिए उनि। संसारको जुन सुकै कुनामा पुगे पनि मान्छेले आफ्नो बानी पटक्कै छाड्दो रहेन्छ। हामी सानै छंदा पनि पुलिसको बारेमा अलि अलि  सुनिन्थ्यो।कसै कसैले पुलिसका कुरा गर्यो भने सातो  जान्थ्यो।  मैले पहिलो पटक ६ कक्षामा पढ्दा पुलिस देखेको थिएँ। सिधा हेर्दा केहि होला भन्ने भयले छड्के नजरले हेरेको निकै अग्लो मुश्ले थियो त्यो। धेरै दिन सम्म पुलिस देखेको त्यो दिनको सम्झना आई रह्यो।  घरमा कहिले काहीं बाले रेलको टीटी को बारेमा कुरा गर्नु हुन्थ्यो। टीटी पनि पुलिस जस्तै हुन्थ्यो रे भन्ने सुनेको। अहिले समय बदलिएको छ। प्रविधिको विकासले साना साना नानीहरुले पनि सानै उमेरमा हामीले पत्याउनै नसकिने राम्रा नराम्रा कुराको ज्ञान हाँसिल गरिसकेका हुन्छन। जन्मेको