नयां नेपाल र संविधान निमार्णमा राष्ट्रिय सहमति

कृष्ण तिवारी अप्रिल, ६ बेल्जियम नेपालको इतिहासमा नेपालका राजनैतिक पार्टीहरुको विचमा राष्ट्रिय सहमति र सहकार्यको इतिहास त्यति लामो छैन । निरंकुश केन्दि्रकृत सामान्तबादी राजतन्त्रात्मक शासन प्रणाली र सो अन्तरगत रहेको सरकारले विगतका दिनमा गरेको नेकपा माओवादीको जनयुद्ध प्रतिको बर्वर दमन तथा तत्कालिन सात राजनीतिक दलहरुको सरकारलाई हालका गद्यीच्युत राजा ज्ञानेन्दले शत्ता बाट अपदस्त गरि शत्ता आफ्नो हातमा लिई जनता र नेताहरुको धरपकड गर्ने दमनकारी कदम नै उसको पतनको आखिरी कारण बन्न पुग्यो । जनयुद्धको विकास, वर्गसंघर्षले विकास गराएको जनचेतना, एवं समाजको अग्रगामी परिवर्तनकेा आवश्यकताले गर्दा पुरानो शक्ता समिकरणमा परिवर्तन भयो । त्यही विशिष्ट वस्तुगत अवस्थाको फलस्वरुप २२ नोभेम्वर २००५ - ७ मंसीर २०६२ ) मा ने.क.पा.-माओवादी) र तल्कालिन संसदवादी ७ राजनैतिक शक्तिका विच १२ वुँदे समझदारी कायम भएको थियो । यो नै निरंकुशताविरोधी राजनीतिक शक्तिहरु वीच कायम गरिएको पहिलो सहमतिको संस्कृति थियो । नेकपा माओवादी पार्टीको १० वर्षे जनयुद्धको जगबाट १२ वुँदे समझदारीमा टेकेर २००६ को १९ दिने अपि्रल आन्दोलन उत्कर्षमा पुगेको...