Posts

Showing posts with the label बिदेशको ख़बर

स्विट्जरलैंड मा साम्राज्यबाद बिरुद्ध भब्य प्रदर्शन

Image
जेनेभामा शनिबार ३१ जनवरी २००९ का दिन भब्य विरोध अर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्विट्जरल्यान्डका कम्युनिष्ट पार्टी, मजदुर पार्टी, टर्किस कम्युनिष्ट पार्टी (माओवादी) ,नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस )स्वीजरल्याण्ड तथा अरु प्रगतिसिल संघ, सस्था हरु द्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो । स्विट्जरल्यान्डको डाभोस सहरमा भइरहेको 28 January, 1st Feb, 2009 विश्व आर्थिक मंचको (World Economic Forum)को वार्षिक बैठकको संदर्भ पारेर आयोजना गरिएको उक्त बिरोध प्रदर्शनमा साम्राज्यवाद तथा चरम पूंजिवादको घोर भत्सर्ना गर्दै संसारभरिका मजदुर तथा मुक्तिकामी जनता एक हुंदै नयां विश्व निर्माणको लागि संर्घसको आंधिबेहरी सृजना गनुपर्नेमा व्यापक जोड दिइएको थियो । विश्व साम्राज्यबादीहरुले बिभिन्न जातजाती ,धर्म र बर्गको बिचमा लडाईं मच्चायर विश्वलाई नै युद्धमय बनाई आफ्नो स्वार्थ पुरा गर्न उद्धत रहेको छ । अहिले तिदेश हरुमा देखिएको आर्थिक संकट त्यसको ज्वलन्त उदाहरण हो। बिश्वको गरिब असहाय तथा बिपन्न बर्गको हितमा ध्यान केन्द्रित गर्नुको सट्टा युद्ध ,भय ,हतियार अनी धर्म र क्षेत्रको नाममा गरेको कायरता ...