Posts

Showing posts from November, 2009

सिंह दरबार घेराऊ अझ पेचिलो :कामरेड प्रचण्ड र रेखा नाच्दै

Image
माओवादी अध्यक्ष प्रचण्ड र नायिका रेखा थापा बिहीबार भद्रकालीमा छमछमी नाचे । माओवादीले गरेको पहिलो दिनको सिंहदरबार घेराउ कार्यक्रममा प्रचण्डको नेतृत्वमा भद्रकालीमा भएको धर्नामा प्रचण्ड नायिका रेखाको आग्रह स्वीकार गर्दै उनीसँग कम्मरमा कम्मर मिलाई नाचेका हुन् । नायिका रेखा आन्दोलनको पक्षमा भाषण गर्न उत्रिएपछि आन्दोलनकारीले उनलाई नाच्न अनुरोध गरेका थिए । निकै हुटिङ भएपछि रेखा नाच्न तयार भइन् । तर, उनले प्रचण्डप्रति लक्षित गर्दै भनिन्, 'म सधैँ फिल्मका नायकसँग मात्र नाचेँ । तर, आज देशको असली नायकसँग नाच्न चाहन्छु- उहाँ हुनुहुन्छ, प्रचण्ड । उहाँ मसँग नाच्न तयार हुनुहुन्छ भने म गाउन पनि तयार छु ।' रेखाको यस्तो प्रस्ताव सुनेपछि प्रचण्ड मुसुमुसु हास्दै समकक्षी नेताहरू रामबहादुर थापा बादल, मोहन वैद्य किरणलगायतसँग मुखामुख गर्न थाले । आन्दोलनकारीले प्रचण्ड पनि नाच्नुपर्छ भनेर हुटिङ गर्न थालेपछि उनलाई उठ्न करै लाग्यो । प्रचण्ड आफ्नै शैलीमा मुन्टो हल्लाउँदै फ्लोरमा आए । प्रचण्ड आएपछि रेखाले गाउन सुरु गरिन्, लालुपाते नुह्यो भुइँतिर, कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, माया नलाऊ दुईतिर गीतका तालमा