Posts

Showing posts from December, 2016

प्रिय साहिलो भाइ (कृष्ण गौतम ) १२ औं स्मृति :

प्रिय साहिलो भाइ (कृष्ण गौतम ) १२ औं स्मृति : जसलाई गुमाइन्छ ,उसको बारेमा सस्मरण लेख्ने कुरा निकै पिडादायक हुदो रहेछ । बाह्र वर्ष बिते हरेक वर्ष मंगसिर महिना लागे पछि जल्लादहरुले भाइलाई धपाउदै , लेखेट्दै गरेको सपना देखिन्छ  । बिगतको सम्झनाले मन मस्तिश्क लाई पुरै लथालिङग बनाउँछ  ।  अनि मंग्सीर १७ प्यारो भाइ साहिलाले सहादत गरेको दिनले मनमा हुण्डरि मच्चाउछ  । श्रद्धान्जलीको निम्ति दुइ शब्द लेख्न थाल्यो भने आँखामा साउनको भेल बगेझैं हुन्छ । मन मष्तिष्कलाई जति सुकै कठोर बनाउन खोज्यो भने पनि थाम्न सकिदैन  ।  केही लेख्न थाली हाल्योभने पनि कलमको गती रोकिएर ,कागज भिज्ने शिवाय केही भएन ।  श्री जनसेवा संस्कृत मा वि , त्यो बिद्यालय  जहाँ सेवा गर्दा गर्दै दर्जनौ पटक खुनी शाशकहरुले वरेन्ट जारी गरे ,घरमा पुर्जी  टास्ने काम गरे । र, अन्त्यमा एउटा निशश्त्र ब्यक्तिलाई दुश्मनहरुले कायर्तापुर्वक हत्या गरे । हामीले परिवारको एउटा महान सदस्यलाई सदाको लागि गुमायौ । जनसेवा मा ॰ वी ॰ ले एउटा होनाहार कुशल शीक्षक गुमायो भने जनताले आफ्नो आँखा को नानी गुमायो । शोकको घडिमा हजारौं जनताले पिडा बोध गरे । मानिसको मुल्