यस्ता मान्छेहरुलाई पनि चिन्नुपर्छ

टिकाराम ढकाल
दुबाई
कोही बाँच्नको लागि खाने गर्छन
कोही खानको लागि बाँचेका हुन्छन्
मान्छेहरुकोही देशको लागि रुने गर्दछन
कोही पेटको लागि रोएका हुन्छन्
मान्छेहरु ,जो बाँच्नको लागि खाने गर्दछन
ती साँच्चिकै मानव हुन्छन्
मान्छेहरुजो खानको लागि बाँचेका हुन्छन्
ती वास्तवमा नरभक्षी हुन्छन्
मान्छेहरुजो देशको लागि रुने गर्दछन
देशसँगै दुःख, सुख साट्ने गर्दछन
मान्छेहरुजो पेटका लागि रुने गर्दछन
देशका अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन
मान्छेहरुजो देशसँगै दुःख, सुख साट्ने गर्दछन
देशको लागि मर्न पनि तयार हुन्छन्
मान्छेहरुजो देशको अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन
ती यथार्थमा बाँचेर पनि मरेका हुन्छन्
मान्छेहरुजो देशका लागि मर्ने गर्दछन
ती मान्छेहरु जो बाचेर पनि मरेका हुन्छन्
मान्छेहरुजो 'नरभक्षी' हुन्छन्
ती मरेर पनि 'किचकन्या' बन्दछन
सान्चै मान्छेहरुबाहिर हेर्दा भद्र हुन्छन्
भित्र चाहिं छुद्र हुन्छन्।
तर म भन्छु ( टिकाराम ढकाल )
"मेरो नेपाल मलाई प्राण भन्दा पनि प्यारो लाग्छ ।
नेपाल को बिकास को लागि हामी सबैले हात मा हात मिलाउ ।"
-- With Best Regards,
Tikaram Dhakal Sukh Sagar LLC (Dubai) P।O।Box 52119

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन