Posts

Showing posts with the label pratibha

Kabita

लोकप्रिय प्रगतिवादी कविता शृङ्खला–२ प्रतिबन्ध कृष्णसेन इच्छुक हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै तिमी भन्छौ– गाऊ न त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ। हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत लेखिरहन्छौँ। हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा खुट्टाहरूमा नेल भिराउँदै तिमी भन्छौ– हिंड्न त हिंड तर यो बाटो नहिंड हामी भने त्यही बाटो हिंडिरहन्छौँ। ओ शासक/प्रशासकहरू झ् अस्वीकार्य छ हामीलाई तिम्रा निरङ्कुश आदेशहरू तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ र, सत्यलाई कैद गर तर ओ तानाशाहहरू झ् तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध हामी भने निरन्तर आवाज उठाइरहन्छौँ। उठाइरहन्छौँ हामी तिम्राविरुद्ध सङ्घर्षका हातहरू कसिरहन्छौँ हामी तिम्राविरुद्ध विद्रोहका मुठ्ठीहरू ओ, अत्याचारका पहरेदारहरू झ् अन्तिम जीत हाम्रै हो तिम्रो हारमाथि विजयको झण्डा गाड्दै हामी भने अथक र अविचल अन्तिम युद्ध लडि...