Posts

Showing posts from January, 2014

Education I deserve.

Darpan Raj Gautam Education for me, Is quite funny Imagine this Made a grammar mistake Teachers hitting me with sticks Until I was 9 I am asking my self, Why? Am I too stupid or Are they too clever No one could evEr do me a favour. Alone, with no one to answer my question Struggling with the theory  to have no mistakes and be perfect Grow old, Be a man with a office job or else you are no use to this world Staring at the black board With a teacher and them carrying a stick Wow, what a pressure for a kid who goes in 3rd grade. The education I deserve is to, Be free from confusion. Learn and gain education,  More you learn, more passion Leads you to more wisdom; Makes you a gentleman, Learn and gain Education. Only true education, Brings us to civilization Uplift a backward Nation, Flourish a community, Cast, creed and humanity. More you learn, more you gain, Education, education, Helps us with communication, Creates our lengthy vision, Ena...
Image
यसरी सुध्रन सक्छ एकीकृत माओवादी २०७० पुष १४ गते १३:०१ मा प्रकाशित   848     4       0 उदयराज गौतम आफैंले आफैंलाई ठोक्ने भनेको के हो ?,  यो कुरा झट्ट सुन्दा अचम्म लाग्नसक्छ । ठोक्नु भन्नाले अलि जोडपूर्वक हिर्काउनु नै भन्ने हुन्छ । ठोक्नु भनेको प्याट्ट पार्नु होइन । राजनीतिमा सबैले यसको अर्थ बुझ्ने कुरा पनि भएन । बसेर उठ्दा खुट्टा झन्झनायो भने अरुको कान चिमोट्ने चलन छ । यसो गर्दा खुट्टामा रक्त सन्चार हुन गर्इ पुन: सक्रिय हुन थाल्दछ । पार्टी जीवनमा पनि पार्टीका अंग प्रत्यंगहरू बेलाबखत निष्कृय बन्छन । ती निष्कृय अवयवहरूलाई सक्रिय पार्न चिमोट्ने,  झक्झकाउने  मात्र होइन कहिलेकाहीँ सियोलेसम्म घोच्नुपर्ने हुन्छ । अर्थात, लामो समयसम्म गतिहीन बन्यो भने विधिपुर्वक अकुपञ्चर गर्नुपर्ने हुन्छ । प्रसंग हालै सम्पन्न संबिधानसभा चुनावको हो । एकीकृत (माओवादी) ले अप्रत्यासित पराजय भोग्नुपरेपछि अहिले चौतर्फीरुपमा केन्द्रदेखि तलसम्म यसले ठूलो तरंग ल्याएको छ । राप र ताप सृजना गरेको छ ।  जुन स्वभाविक पनि हो ।  जनताले अब एमाओवादीले आफैंले आफ...
Image
समानुपातिकको भाँडभैलो: विनाशकाले विपरित वुद्धि २०७० पुष १८ गते १९:०३ मा प्रकाशित   371     1       0 उदयराज गौतम जीव विज्ञानले के भन्छ ?, थाहा भएन । तर प्रचलित नेपाली उखानमा भने अन्त्य हुने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ रे । नीति शास्त्र के भन्छ भने ’अति सर्वत्र बज्रयत’  अर्थात अति भएपछि त्यसको चौतर्फी नकारात्मक प्रभाव पर्दछ । संविधानसभा भाग २ को निर्वाचनपछिका केही राजनीतिक घटनाक्रमहरूलाई सर्सर्ती नियाल्ने हो भने चर्चाको शिखरमा नेकपा एमाले रह्यो । कारण उसले रामकुमारी झाँक्री र राजेन्द्र राईजस्ता एक समयका चर्चित विद्यार्थी नेताहरूलाई समानुपातिकमा सिफारिस गरेन । झाँक्रीकै  शब्दमा भन्ने हो भने ‘पार्टीलाई रगत दिने भन्दा नगद दिने प्यारा भए’। यो प्रसंगले पनि नेपालि राजनीतिमा एकखालको तरंग सृजना गर्‍यो । नेपाली कांग्रेसमा ओछ्यान तताउनेहरूलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वतिरकी एक दलित महिलाले ’म त राम्री पनि छैन,लवार्इखुवार्इ पनि यस्तै छ’ भनेर ब्यंग्य गरेकासम्म समाचार आए । यद्यपि यो अलि अश्लीलपाराको गालीगलोज भए...