खाएको भत्ता खेर नै गएछ



देवी गौतम

परिवर्तनलाई कुर्दाकुर्दै आँखा नै पाटिएछ ।
केही हुन्छकी भनेको त प्रधानमन्त्री पो साटिएछ ।।

खोइ जनतालाई त नयाँ नेपालको अनुभुतिनै भएन।
२१ काइसौ शताब्दीमा आउँदा पनि राजतन्त्रको अवशेष अझै गएन ।।

रात गयो अघ्राख पलायो, हिउद,बर्षा धेरै नै भै सक्यो ।
बेपत्ता भएको सन्तानको पर्खाइमा बस्दा बस्दै बुढाबुढीको प्राण पनि गै सक्यो ।।

खोइ अझ पनि परिबर्तन को उजयालो आउने भएन।
२ बर्ष मा सबिंधान लेख्ने भनेको त त्यो एजेन्डा सम्सदमै गएन ।।

६०१ जना एकै ठाउँमा नै नबसी २ बर्ष सकिन गएछ ।
अब त ६०१ जनाले यतिका समय खाएको भत्ता खेर नै गएछ ।।

सम्सदमा नेताहरु सत्ताको खेलमा कुर्सी ताना तान ।
हरेक दिनको बन्द,असुरक्षा अनी सडकमा ईटा हाना हान ।।

बहारै मास चप्पल लगाउनेहरु अहीले चिल्ला कारमा सरर ।
सिउदो पुछिने, टुहुराहुने र काख रित्तिनेहरुको आँशु बरर ।।

कापी कलम छैन गरिबका छोरा छोरी पढाऊन।
नेताहरुको लावा लस्कर लागेकाछन् देशलाई सडाउन ।।

Comments

Popular posts from this blog

War for Peace

खतरामा जीवन

गाह्रो छ जिउन