गाह्रो छ जिउन







देवी गौतम
डेन्मार्क


गाह्रो छ जिउन तर बाच्नै पर्ने किन ?
लुकाएर दु:ख पिडा हस्नै पर्ने किन ?

सम्झनाको एक सास चल्दै छ यहाँ ।
स्मृनतिमा एउटा दियो बल्दै छ यहाँ ।

बाचेको यो जिन्दगी मर्न नसकेको ।
फुलको थुगाँ अडेको की झर्न नसकेको ।

जिन्दगी नै गहिरो भयो यात्रा समयको ।
नदी आफै ठुलो हो की, तर्न नसकेको ।

सत्य सबै टुट्यो बेदना र हारको वाजी पाए ।
प्रगतीको आशहरुमा दु:ख पिडा को आँशु पाय ।

भोगाइको पिरले सिर्जछन अनेक बेदनाहरु ।
निस्किनछन् कबिता बनेर अधुरा रहेका सपना र यदाहरु ,

Comments

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

कबिता - "गरिबी"