देस छाड्ने चलन नै भएछ





देवी गौतम
हाल :डेन्मार्क


दिन गन्दै जादा दुई बिस काटिएछ पत्तै भएन ।
सघर्स गर्ने दिन गएकी भनेको त आएकै रहेन छ थाहा नै भएन ।।

कहिले सम्म हो जिजिविशामा अल्झिने मलाई त मेसै भएन
अतितको मनोबिज्ञान मा रुमलिने कुरा पनि भएन।

"जीवन संघर्ष हो"मैले यो कतै पढेको थिए ।
त्यसैले त मैले यसलाई सजिलै लिएं ।।

सघर्ष छोडियो की भनेको त झन पछी पछी पो आएछ ।
अझै कती उकाली वराली गर्ने हो समय निकै बलवान रहेछ ।।

के गर्ने समयलाई जित्न कसैले पनि सकिने रहेन्छ ।
सोचे जस्तो जिन्दगी कसै गरे पनि हुदो रहेन्छ ।।

समय र जिन्दगीलाई सघर्सले मिलाउने रहेछ ।
कहिले हासो त कहिले रोदन यही जीवनमा भएछ।।

सुन्दर भविस्य खोज्दा खोज्दै जिन्दगीनै गै सकेछ ।
परिवर्तन सँगै साईनो गास्दा गास्दै यहाँ आइ पुगिएछ ।।

त्याग तपस्या र संघर्ष जीवनकै पाटो रहेछ ।
सुन्दर भविस्यको नाउमा देस छाड्ने चलन नै भएछ ।।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"