सहिद कृष्ण गौतमको सस्मरणमा



-उदयराज गौतम,
हाल रोस्किल्डे ,डेनमार्क
जसलाई गुमाइन्छ ,उसको बारेमा सस्मरण लेख्ने कुरा निकै पिडादायक हुदो रहेछ ।बिगतको सम्झनाले मन मस्तिश्क लाई पुरै लथालिङग पार्दो रहेछ । केही लेख्न थाली हाल्योभने पनि कलमको गती रोकिएर ,कागज भिज्ने शिवाय केही भएन । अली पहिलानै कन्ठुले ईमेल मा लेखेको थियो, हाम्रो स्कुलको स्वर्ण जयन्ती समारोह हुदैछ। बिशेषान्कमा प्रकाशित गर्न साइला दाईको बारेमा एउटा सस्मरण लेखनु भनेर । त्यस पछि बिमारी भएर लामो समय अस्पतालमा बस्नु पर्योर । तेसै पनि बिदेशमा बसेपछि स्वदेशको कल्पनाहरु दिमागमा नाची रहन्छन। अझ त्यस्मा पनि आफुले अक्षर आरम्भ गरेको बिद्यालयको स्वर्ण जयन्ती मनाउने कुरो सुन्न पाउदा मन त्यसै फुरुग हुने भो । पिडा र हर्सको चेपुवामा परेर आफनो भाई जो आज एउटा महान शहिदहरुको पक्तिमा नामान्कित छ । त्यो सस्मरण एउटा बौधिक खुराक नभएर सानो गन्थन मात्र हुने कुरामा कुनै सन्का छैन । त्यो बिद्यालय जसले कृष्ण गौतमलाई अक्षर शिकायो र जहाँ सेवा गर्दा गर्दै दर्जनौ पटक खुनी शाशकहरुले वरेन्ट जारी गरे ,घरमा पुरजी टास्ने काम गरे । र, अन्त्यमा एउटा निशश्त्र ब्यक्तिलाई दुश्मन हरुले कायर्तापुर्वक हत्या गरे । हामीले परिवारको एउटा महान सदस्यलाई सदाको लागि गुमायौ । जनसेवा मा ॰ वी ॰ ले एउटा होनाहार कुशल शीक्षक गुमायो भने जनताले आफ्नो आँखा को नानी गुमायो । शोकको घडिमा हजारौं जनताले पिडा बोध गरे । मानिसको मुल्याङ्कन अबशान पछि मात्र हुने रहेछ । शायद हाम्रो सामाजिक चलन पनि यस्तै भएर होला । एउटा महान शहिदको सम्मान को खातिर हामी बाचेकाहरुले सलाम बाहेक केनैपो दिन सक्छौ र ? निकट भविश्यमा सम्पन्न हुने विद्यालयको स्वर्ण महोत्शवमा शीक्षक कृष्ण गौतम को दुब्लो पातलो झुस्स दारी पालेको ,अनी धाका टोपी लगाएको जिवन्त अनुहारको भने उपस्थिती हुने छैन ,सट्टामा कार्यालयको भित्तामा टासिएको फोटो समारोहको साक्षी बन्ने छ । सहकर्मी शीक्षक ,शीक्षिका,आदरनिय अबिभावक बर्ग तथा भाई बहिनी हरुले कृष्ण सर बाट भए गरिएका केही राम्रा काम हरुको सादर स्मरण गर्नु हुनेछ । बिद्यालयमा स्वछ सैछिक बताबरण कायम गराउने ,बिक्रितीको बिरुद्धमा डटेर उभिने अनी भौतिक ब्यबस्थापन,आर्थिक पार्दर्शिता ,शिक्छ्यक अबिभाबक र बिद्यार्थिबिचमा सुमधुर सम्बन्ध कायम गराउनमा कृष्ण गौतमले सधैं जोड दिने गरेको कुरा सर्ब बिदित छ। एउटा कर्मठ शिक्षकले कक्षा कोठा भित्र हुने अध्ययन अध्याअपन कार्य कुशलता पुर्बक गरिसकेपछी पनि सामाजिक न्याय ,समानता र जनतासँगको सम्बन्धलाई २४ सै घण्टा जिबित राखी रहने कृष्ण गौतम का केही अनुकरनिय पक्ष म यो लेखमा स्मरण गर्न चाहन्छु। मेरो छोरो गलत बाटो मा हिंडेको रहेनछ,उ जनताको छोरो भै सकेको रहेछ भन्ने हाम्रो बुवाको सार्वजनिक स्विक्रितीले पनि यो कुरालाई सहजै प्ूष्टी गर्दछ।

“मेरा ६ भाई छोरा थिए एउटा साहिलो छोरो मैले देसको निमित्त चढाएँ” भनेर गौरब गर्न सक्ने हाम्रा महान आदरणिय बुवा लाल प्रसाद गौतम लाई म यो सस्मरणमा हार्दिक प्रणाम गर्दछु जुन कुरा उहाँले साहिलो छोराको साहादातको तेह्रौ दिनको श्रद्धान्जली सभामा सार्वजनिक रुपमा ब्यक्त गर्नु भएको थियो। शाही शाशनका हत्यारा जल्लादहरुले शिर्शिकोटमा निशश्त्र बसिरहेको बेलामा अन्यसथीहरुसंगै कृष्णको ज्यान लीइ सकेपछी आफ्नो प्राणको बाजी लगाएर म्रित शरीर लाई परिवारको सामु ल्याइ पुर्याउन अमुल्य सहयोग गरिदिनुहुने आम जनसमुदायलाई हाम्रो परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
भाई कृष्ण जन्मिदा मैले ५ वटा दशैको टिका लगाइ सकेको रहेछु । हामी २ जनाको बिचमा २ छोरी जन्मेर खेर गएको कुरा पछि मात्र थाहा भयो। उमेरमा समानता नभएपनी हामी बिचमा हरेक व्यबहार र कुराकानी साथी भाई सरहनै हुने गर्थ्यो। हामी संगै हिड्दा उस्ले मलाई की अँगालो मार्नु पर्ने की हात समाउने बानी थियो । मलाई भने त्यस्तो नगरे हुन्थ्यो जस्तो लाग्थ्यो । अनी उसको र मेरो बिचमा प्राय जसो झगडा लुगाको बारेमा हुने गर्थ्यो । उसलाई जहीले पनि मेरो कपडा शरिरमा मीले पनि नमीले पनि नलगाइ नहुने। नयाँ कपडा किनेर ल्याएपछी त झन उस्ले नलगाइ लगाउनै नपाईने । आधा रात ढल्की सक्दा पनि बाहिर बाट घरमा नआउने, खाना खान वास्ता नगर्ने गर्दा आमा निकै चिन्तित हुनुहुन्थ्यो । हामी बिचमा थूप्रै राजनीतिक तथा श्हैछिक छलफल हुन्थ्यो। अध्ययन र तर्क शक्तीमा उस्को प्रतिभा देख्दा कहिले काही मन मनै मैले उसलाई स्याबासी दिन्थे ।बच्चा देखि बुढा बुढी सम्म सबै सँग मित्रता र आत्मियता गास्न सक्ने खुबी थियो उस्मा । राज्नितिक बिचार नमिल्ने हरुसँग पनि भाई कृष्णको राम्रो ब्यक्तिगत सम्बन्ध हुन्थ्यो,सङ्गत गर्नेहरुले निश्चित रुपमा त्यो अनुभुती ब्यक्त गर्नु हुन्छ ।
हामी घाँस काट्न संगै जान्थौं । जब राती हुन्थ्यो घरमा जाने कुरामा झगडा हुन्थ्यो । घासको भारी टम्म नपारे सम्म घरमा नजाने उसको अडानको अगाडि मेरो केही चल्दैनथ्यो । हरेक काम गर्न सुरु गरे पछि प्रतिकुल अवस्थामा पनि तेसलाई फत्ते गर्नु पर्ने उसको अडान मलाई भने अली झरको लाग्थ्यो । रातिमा पढ्न शुरु गरेपछी बत्ति ननिभाइकन छर्लङै बिहान सम्म पढ्ने ,कबिता लेख्न शुरु गरेपछी पुरै डायरी सक्नु पर्नु, लेन देन हिसाब किताब ५ पैसा पनि रिट्ठो नबिराइ डायरिमा टिप्ने ,किन मेल गर्दा र गरिसकेपछी सबै चिज्को फेहरिस्त तयार गरेर राख्ने , भारिबोक्नु पर्यो भने उठ्नै नसक्ने गरी बोक्ने ,धारा बाट पानी बोक्दा २ वटा गाग्रिमा एकै चोटि पानी ल्याउनु पर्ने स्वभाव थियो भाई कृष्णको । कुनै पनि काम शुरु गरे पछि त्यसलाई सत्प्रतिशत्नै पूरा गरेरै छाड्नु पर्ने उसको जन्म जात स्वभाब जीवनको अन्तिम घडी सम्म पनि जस्ताको तस्तै रह्यो । दुस्मनको कब्जामा परेपछी पनि आफ्नो आस्थामा अडिग रहेको र गोपनियता भङग गरेर गद्दारी गर्नु भन्दा मृत्यु लाई रोजेको कुरा प्रत्यक्षदर्शीहरु बताउछन ।
घरमा लिप पोत गर्न शुरु गरे पछि तलमाथी चारै तिर सक्नु पर्ने उसको बानी थियो । आमा मात्र १ जना महिला घरमा भएकोले हामीहरुले घरायसी काममा पनि आमालाई सघाउनु पर्थ्यो । पुजा,आजा ,ब्रत उपवास र सुची निचिका काम आमा लाई बाक्लै गर्नु पर्ने । भएका र खेर गएका जम्मा जोड्दा १६ वटा सन्तानलाई हाम्री आमाले जन्म दिनु भएछ। ढिकिमा धान कुट्ने,जातो पिस्ने ,भाडा माझ्ने,लिप पोत गर्ने सबै काम हामीले गर्नु पर्थ्यो। घर लिप्ने काममा समेत भाई कृष्णको राम्रो दक्षता थियो । उसले गरेको काम आमा लाई धेरै चित्त बुझ्दथ्यो । आमालाई भाडा नमझाउने नियम हामीले २०३६ साल तिरै बनाएका थियौँ । हाम्रो घरमा आउने सङगठनका साथीहरुले आफ्नो जुठो भाडा आफै माझ्थे । कहिलेकाही धेरै साथीहरु आउँदा भने आमालाई सम्झाउन निकै गाह्रो पर्थ्यो। तैपनी साथीहरुले जे जस्तो बनाएर दिदा पनि खाने हुँदा भने अली सजिलो हुन्थ्यो ।
यो सस्मरणमा भाई कृष्णलाई म के भन्न चाहन्छु भने “कृष्ण ! तिमी यो भौतिक सन्सारमा नभएपनी गाउघर,छर छिमेक ,वारी पारी,मात्र हैन सारा जिल्ला अनी अञ्चल भरिनै जनसमुदायले तिम्रो साहादातमा शब्दमा बयान गर्न नसकिने पिडा बोध गरेको छ। तिमी साचिकैजनसमुदायको मुटुको ढुक ढुकी बनी सकेकारहेछौ । स्वदेश ,बिदेश ,मधेस पहाड सबै ठाउमा बस्ने तिम्रा सहपाठीहरु,गुरुहरु सङगठनका सहयोद्धाहरु ,बिध्यालय परिवार ,भाइ बहिनीहरु ,उत्पिदित जनसमुदाय लगायत सबै तह र तप्काले आफ्नो सम्पतिभन्दा पनि ठुलो कुरा गुमाएको महशुस गरेको छ । तिम्रो भौतिक अवशान सार्थक बन्नको लागि हामीले अझै कहीले सम्म पर्खिनु पर्नेहो त्यो भने हेर्न बाँकी नै छ। किनकी आमुल परिवर्तनको लागि भएको त्यो महान त्यागले अझै मुर्त रुप लिन सकेको छैन। कहीले काही त यस्तो लाग्छ कतै शिर्शिकोट्मा बगेको त्यो रगतको भेल पानी बन्ने त होईन ? सम्बिधान सभाको चुनाव सम्पन्न भई सकेपनी संबिधान अझै बनेको छैन। शान्ति प्रक्रिया अझै धरापमा छ। तैपनी हामीले आशा भने अझै मारी सकेका छैनौ । तिम्रो बलिदानी महान छ भन्ने कुरामा भने कुनै शँका छैन हामी मा । छोरा छोरीलाई कहीलेइ पनि तिम्रो अभाव महशुस गर्न दिने छैनौ हामीले । म तिमीलाई त्यो कुरा विस्वास दिलाउन चाहन्छु। मुक्ती या मृत्युेको महान यात्रामा हामीले तिमीलाई कहिलेइ पनि बाटोमा काडा तेर्स्याउने काम गरेनौ । आफ्नो उदेस्यमा तिमी प्रस्ट थियौ र उदेश्य प्राप्तिका एजेन्डा हरु पनि अकाट्ट्य थिएभन्ने कुरा पनि तेत्तिकै सत्य हो। सबिता र सन्तोष लाई सानै बाट अन्तै राखेर पढाउने घरको प्रस्ताव लाई तिमीले यस्तो जवाफ दिएका थियौ जुन मेरो मानस पटलमा अझै ताजै छ । जनसेवा सँस्क्रित मा वी ले पनि तिमीले दिएको सैक्षिक योगदानको यथोचित कदर गरेकै छ। नयाँ पुस्ताले गरेको विद्यालयको नेत्रित्व आशालाग्दो नै छ। विद्यालयको शैक्षिक,भौतिक विकासमा तिमीले दिएको योगदानका साथै बेथितिका बिरुद्ध प्रस्ट आफ्नो अडान राख्ने तिम्रो स्वभावको अविभावक तथा सर मिसहरु पनि मुग्ध कन्ठले प्रशम्शा गर्नुहुन्छ। पेशागत हक हित र शैक्छिक गुणस्तरको लागि शिक्षक सङठनको जेम्मेवारिमा रहेर झन्डै ८ बर्ष तिमीले पुर्याएको योगदानको सम्झना शैक्षिक क्षेत्रले गरिरहेको छ। शायद हाम्रो समाज्नै बर्गमा बिभाजित भएर होला बैचारिक असमानता र बर्गिय सोचको कारणले कोहि पनी यो दुनियामा सबैको नजरमा प्रिय हुन सक्दो रहेनछ । विश्वका महान बिचारक र दार्शनिकहरुलाई पनि तत्कालिन समाजले राम्ररी पचाउन नसकेको कुरा हामीलाई थाहा छ। स्वयम बुद्ध भगवानले पनि त्यो प्रब्रितिका बिरुद्ध संघर्स गर्नु परेको थियो। त्यसको अपवाद तिमिपनी हुने कुरा भएन । पन्चायती व्यबस्थकै पालादेखी हाम्रो जस्तो रुधिवादी समाजमा र अझ त्यसमा पनि कट्टर ब्र्हामण परिवारमा एउटा प्रगतिशिल क्रान्तिकारी बिचार बोकेर अगाडि बढ्नु कति जोखिम थियो अनी कति अप्ठ्यारो । छोराहरु बिग्रे भनेर हाम्रो बुवाको मन बिगार्न पञ्चहरु कम्मर कसेर लागेका थिए। एउटा ठुलै पञ्च ले २०३६ सालमा गाउँ छाडेर हिडेमा सिडिओ मार्फत रु॰२० हजार मिलाइदिने र राजतन्त्र को बिरुद्धमा निर्मल जनसेवा मा॰ वि॰ मा गरेको भाषण गल्ती थियो भनेर कागज गरेमा राज्काज मुद्दा पनि फिर्ता गराइदिने आस्वाशन दिएका थिए । तैपनी बुवालाई हामी गलत बाटोमा लागेका छैनौ भन्ने पक्का थियो । दूरगामी परिवर्तनका लागि निरन्तर प्रतिबद्ध राजनीतिक अभियानको बाटोमा हामी लाग्यौं। तिमित झन महासमरको यात्रामा सहभागी भएको कारण आज महान सहिद बन्यौ, दुश्मनहरुको कब्जामा परेपछी कायर हरुले तिम्रो प्राण पखेरु लिनुभन्दा पहिला पानी सम्म पनि पिउन दिएनछन । प्रत्यछ्य दर्शिहरुले हामीलाई त्यही कुरा भने । हामीले चालेका हरेक अभियानहरुले आमुल परिवर्तनका दूरगामी लक्षहरुलाई आत्मसात गरेको कुरा अब कसैबाट पनि छिपेको छैन । तर अफ्सोच त्यो महान यात्रमा तिमी हिडेपछी हाम्रो भेट जम्मा १ पटक भयो । म पनि भैरबनाथ गणको ४ महिने कठोर यातना पछि नाफाको जीवन जिउदै छु । हामीले चिनेका थुप्रै साथीहरुलाई त्यहा जल्लाद हरुले एकै चिहान पारे । लामो भला कुसारी गर्नै पाइएन तिमीसँग । भाइ ! तिम्रो अगाडि समाजमा सम्पन्न भएर बस्ने अवसरको कमी थिएन । विकल्प नभएर राजनीतिमा लाग्ने वा लहैलहैमा राजनीतिमा लाग्नेहरूको श्रेणीमा तिमी पर्दै पर्दैनौ । योग्यता र क्षमता को धनी भएर पनि हेपिएका र चेपिएका दिन दुखीहरुको मुक्तीको लागि आफ्नो प्राणलाई बली बेदीमा चढाउने सम्मको हिम्मत तिमीले गर्यौ त्यस्मा हामी गौरब अनुभुती गरेका छौ र गरि रहने छौ ।
सधैं जनताको आँखाको नानी ,विध्यर्थीहरुको प्यारो गुरु,र सहकर्मी हरुको अशल मित्र हुनुका साथै आफ्नो आश्था प्रति पहाड्जस्तै अडिग रहने तिम्रा गुणहरु भावी पुस्ताको लागि समेत मार्ग निर्देशन बन्ने छ।
र ,अन्त्यमा केही कुरा विद्यालयको बारेमा:
हामीले पढ्दा यस विद्यालयको भौतिक अवस्था यति दर्दनाक र कहाली लाग्दो थियोकी बर्शे बिदा पछि विद्यालय जादा कछ्या कोठामा खेत बारिमा जस्तै झार पात पलाएको हुन्थ्यो । भ्यागुताहरु उफ्रिन्थे । बिद्यालयको छाना बाट ढुङ्गा समेत गायब हुन्थ्ये । काठ पात फर्निचर झ्याल ढोका समेत यत्र तत्र पुग्थे । बिद्यालयको हाता पुरै चर्पिमा परिणत हुन्थ्यो । हामी विद्यार्थी हरुले हप्तौ सम्म पनि निर्माण कार्यमा शहभागी हुनुपर्थ्यो । भुर्तेलथोक,बाइन्डाडा देखि भुशालथोक सम्म बाट विध्यालयमा काठ पात ,ढुङा ओसार्नु पर्थ्यो । विध्यार्थिका हैसियतले स्कुलमा एक्थरी श्रम गर्नु पर्थ्यो भने गाउले को तर्फबाट गर्नु पर्ने श्रमदान्मा समेत सहभागी बन्नु पर्ने हुन्थ्यो। राज्य नाम मात्रको थ्यो । आर्थिक सहायता गर्ने दातहरुपनी शायद तेतिबेला थिएनन्होला। कहीले काहीत सर हरुको घरायसी काममा धान काट्ने दाइं हाल्ने काम मा समेत जानु पर्थ्यो। अचम्म थियो त्यतिबेला । शायद यो कुरा अहीलेका विद्यार्थीहरुले कसरी पत्याउलान र खै ?यो चलन सामन्ती सस्कारको उपज थियो अझ भनौ भने समाजमा हुनेखाने हरुको बोल वाला थियो। गाउघरका मुखिया जिम्मुवाल र आर्थिक रुपमा सम्पन्न हरुको स्कुलमा बोल वाला हुन्थ्यो तर स्कुल को भौतिक बिकासमा उनीहरुको योग्दान नाम मात्रको हुन्थ्यो।
हरेक उतार चढाबको शाक्षी बनेर पैन्यु हटियाको मुटुमा अबिरल शीक्षादान गरि रहेको जनसेवा सस्क्रित मा बि,जन्मकाल देखिनै अभावको बिचमा आफुलाई स्वास्थ्य देखाउने प्रयास गरि रहेको छ , जनसेवा नि ,मा ,बि बाट माधयमिक तहमा लैजादाको घडी निकै कस्ट पूर्ण थियो। तत्कालिन समयमा म स्वम पनि य्सै बिध्यलयमा अध्यापन गर्थे । हामीले अर्थ सकलन का निमित रात दिन गाउघर चाहार्यौ । मकैका झोती,धान ,चामल नगद र सुन जनताले आफ्नो गास कटाएर दिए । दाताहरुको खुटा समेत समाएर काठ्मान्दु बाट राजेन्द्र श्रेष्ठ र म स्वयमको सक्रियतमा भवन निर्माण गरियो पछिल्लो चरणमा । जापानको कानागाओ प्रिफेक्चर का सुगाहीको सुगिमोटो पनि यस घडिमा धन्यबाद्का पात्र छन् । मुस्किकलले मा बि सममको प्राण भरे पछि लामो समय सम्म उच्च मा बि बनाउने प्रयासले केही बर्ष अघिमत्र साकार रुप लिन पुग्यो । यसमा लागि पर्ने आदरणिय अबिभाबक शुभ चिन्तक एव बिसेसगरी शिक्षक स्टफ धन्यवादका पात्र हुनुहुन्छ ।
विद्यार्थी काल बाहेक यस बिद्यालयमा शिक्षकको हैशियतले सेवामा प्रवेष गरेपछी धेरै इश्यु र विशयहरुमा कृष्ण गौतमले विद्यालयको हित्मा राखेका एजेन्डाहरुमा आम अविभाबक र शिक्षकहरुको सहमती रहन्थ्यो । यद्यपी बिचारको आधारमा पुर्वग्रह राखेर बेलाबखत अशहयोग गर्ने ,पाखालगाउने र खेद्ने काम भने कतिपय पक्षहरुबाट भएको कुरा पनि तेत्तिकै सत्य हो। अब त्यसको मुल्याङ्कन गर्ने जिम्मा ईतिहासलाई दिनु पर्छ। समानता,न्याय र आमुल परिवर्तनलाई जीवनको आदर्श बनाएको कारणनै उनको शाहदत हुनपुग्यो । बुटवल क्याम्पसको अध्ययन पश्चात आफ्नै गाउमा शिक्षक बनेर समाज्सेवा गर्ने धोको भने आधामात्र पूरा भयो भाई कृष्णको । बर्तमानमा भाई कृष्णको अभाबले हामी परिवारका सदस्यहरु जति छटपटिएका छौ त्यो भन्दा कैयौ गुना बढी खाचो यस क्षेत्रका न्याय प्रेमी जनसमुदायलाई भएको छ। पैयूँ हटीयाको एउटा साधारण किसान परिवारमा जन्मेको एउटा व्यक्ति जो विध्यार्थिकालमा अत्यन्त जेहेन्दार र मिहिनेती अनी शिक्षण पेशामा कुशल शिक्षकको रुपमा खुड्किलैपिच्छे आफूलाई सक्षम प्रमाणित गर्दै अन्तत: राजनीतिमा आÏनो छुट्टै पहिचान बनाउन सफल कृष्ण गौतम को अभाव भाबी दिनमा अझै खड्किने छ । अस्तु !

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"