सहिद कृष्ण गौतमको सस्मरणमा
- उदयराज गौतम , हाल रोस्किल्डे ,डेनमार्क जसलाई गुमाइन्छ ,उसको बारेमा सस्मरण लेख्ने कुरा निकै पिडादायक हुदो रहेछ ।बिगतको सम्झनाले मन मस्तिश्क लाई पुरै लथालिङग पार्दो रहेछ । केही लेख्न थाली हाल्योभने पनि कलमको गती रोकिएर ,कागज भिज्ने शिवाय केही भएन । अली पहिलानै कन्ठुले ईमेल मा लेखेको थियो, हाम्रो स्कुलको स्वर्ण जयन्ती समारोह हुदैछ। बिशेषान्कमा प्रकाशित गर्न साइला दाईको बारेमा एउटा सस्मरण लेखनु भनेर । त्यस पछि बिमारी भएर लामो समय अस्पतालमा बस्नु पर्योर । तेसै पनि बिदेशमा बसेपछि स्वदेशको कल्पनाहरु दिमागमा नाची रहन्छन। अझ त्यस्मा पनि आफुले अक्षर आरम्भ गरेको बिद्यालयको स्वर्ण जयन्ती मनाउने कुरो सुन्न पाउदा मन त्यसै फुरुग हुने भो । पिडा र हर्सको चेपुवामा परेर आफनो भाई जो आज एउटा महान शहिदहरुको पक्तिमा नामान्कित छ । त्यो सस्मरण एउटा बौधिक खुराक नभएर सानो गन्थन मात्र हुने कुरामा कुनै सन्का छैन । त्यो बिद्यालय जसले कृष्ण गौतमलाई अक्षर शिकायो र जहाँ सेवा गर्दा गर्दै दर्जनौ पटक खुनी शाशकहरुले वरेन्ट जारी गरे ,घरमा पुरजी टास्ने काम गरे । र, अन्त्यमा एउटा निशश्त्र ब्यक्तिलाई दुश्मन हरुले कायर्तापुर...