डेनमार्कमा तीजको रौनक!

गणेश ढकाल
भद्र ७ गते नेपाली महिलाहरुको महान चाड तीजको अबसर पारेर एनआरन डेनमर्कले मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्‍यो। नेपाली राजादुताबसको प्राङणमा अयोजीत उक्त कार्यक्रममा कार्यालयका कार्यबाहक राजादुत र कर्मचारीहरु,एनआरएन डेन्मार्कका पधाधिकारीहरु, अन्तरराष्ट्रिय समन्वय परिषद (आइ।सि.सि) सदस्य, नेपाली दिदी बहिनिहरु,डेनमर्कमा लामो समय देखी बसोबाश गरिरहनु भएका मानुभावहरु,विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो। कार्यक्रम सम्योजक श्रीमती सरस्वती भुसालको सभापतित्व गर्नु भएको कार्यक्रमलाई श्रीमती देवीकुमारी गौतमले सन्चालन गर्नु भएको थियो। त्यसै गरी प्रमुख अतिथिमा महामहिम राजादुत-पत्नी श्रीमती भिबा कर्ण र अतिथिहरु श्रीमती स्वदेसा अर्याल, बिगत ३० बर्ष देखी डेन्मार्कमा बसोबाश गरिरहनु भएकी मुना पौडेल हुनुहुन्थ्यो।
महिलाहरुकै अग्रसरतामा र पुरुषरुको सययोग समर्थनमा र सन्चालन भएको उक्त मनोरन्जनात्मक कार्यत्रममा श्रीमती निर्मला कडेल(सापकोटा)ले स्वागत मन्तब्य दिनुभएको थियो। सहभागीहरुको छोटो परिचय र औपचारिककताका साथ सुरु भएको उक्त कार्यक्रमा एनआरन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटाले भन्याबाद मन्तब्य दिनुभयो भने कार्यबाहक राजादुत डोरनाथ अर्यलज्युले कार्यक्रम आयोजना र सफलताको लागि खुशी ब्यक्त गर्नु भयो। त्यसैगरी २०६७ सलको तीजकोलागी अग्रिम निम्ता पनि यसै कार्यक्रम बाट दिइयो। त्यसै गरी आइ सि सि सदस्य गणेश ढकालले तीज कार्यक्रमले आडम्बरी र देखा सेखीपूर्ण सस्कृतिलाई नभै नेपाली महिलाहरुका हक-अधिकार सुरक्षित गर्न र समानताको लागि लड्न साकरात्मक सन्देश दिन सक्ने आशा ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रम छोटो औपचारिकता र लामो मनोरन्जनका साथ सम्पन्न भएको थियो। तीजका रमाइला नाच-गानले वातावरण निकै उल्लाहशमय बनाएको थियो भने सहभागीहरु खुलेर नाछेका थिए। नेपालीहरु बिदेशमा जतिसुकै दु:ख, कस्टसँग बसे पनि नेपाली परम्परा, सस्कृतिको जगेर्ना र निरन्तरताको लागि सधैं एकजुट हुन्छन भन्ने उदाहरण उक्त कार्यक्रमले दिएको थियो।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"