कतारमा जाहाज डुबेर २ को मृतु १० जना बेपत्ता

दोहा -कतार, जिहाजमा ३५ जना थिए
६ जनाको जीवितै उद्धार
७ जनाको शव फेला
संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुब्दा २ नेपालीको मृत्यु भएको छ । १० नेपालीसहित २२ जना बेपत्ता छन् ।
जहाजमा ३५ जना थिए । तीमध्ये ६ जनाको जीवितै उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ । दोहा-दुबईबीच फैलिएको झन्डै एक हजार किलोमिटर लामो पर्सियन -मृत) सागरमा सञ्चालित पानीजहाज मंगलबार बिहान बेपत्ता भएको हो । जहाजबाट सातजनाको शव प्राप्त भएको हो । उद्धार गरिएका र शव फेला परेका अधिकांशको पहिचान हुन नसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो । जहाजमा यात्रारतमध्ये २४ जना एचबीके कम्पनीकै कामदार, २ हजाजकर्मी र २ जना क्याटरिङ स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाइम्स दैनिकले जनाएको
छ । तीमध्ये १२ नेपाली, ११ भारतीय र एक बंगलादेशी रहेको समाचारमा उल्लेख छ ।
कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार जहाजमा दुबईस्थित एचबीके कम्पनीमा कार्यरत गंगाबहादुर गुरुङ, लीलाराम पौडेल, मेहदी हुसेन मियाँ, अब्बास अहमद सई, मानसिंह खत्री, शेषनाथ यादव, राजीवकुमार दत्त, तिलकबहादुर खम्चा, शंकर बिष्ट, ऋषिप्रसाद शर्मा पौडेल, जयबहादुर पुन मगर र घनश्याम सार्की थिए ।
दुर्घटना भएको २४ घन्टाभन्दा बढी भइसकेकाले बेपत्ता भएकाहरू जीवितै पाइने सम्भावना कम रहेको सञ्चारमाध्यमहरूले जनाएका
छन् । 'हामी गम्भीरताका साथ दुर्घटनामा परेका नेपालीको स्थिति पहिचानमा लागेका छौं, सम्बन्धित कम्पनीलाई पनि आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरिएको छ,' राजदूत डा. मिश्रले कान्तिपुरसँग भने ।
झन्डै २६ वर्ष पुरानो यो पानीजहाज दुर्घटनाग्रस्त हुँदा प्रायः सबै यात्रु सुतिरहेको अनुमान छ । संयुक्त अरबको आबुधावीस्थित नेपाली नियोगका प्रमुख अर्जुनबहादुर थापाले घटनाको विस्तृत जानकारी आइनसकेको जनाए । 'उद्धार वा स्थिति पहिचानका लागि नियोग सचेत भएर लागिपरेको छ, बिहीबारसम्ममा सबै स्थिति स्पष्ट होला भन्ने छ,' आबुधावी नियोगका प्रथम सचिव लोकबहादुर छेत्रीले फोनमा भने ।

डुबेका नेपालीहरू
नाम पासपोर्ट नम्बर ठेगाना
गंगाबहादुुर गुुरुङ २९५५८१६ धादिङ, गुम्दी-५
लीलाराम पौडेल ३८७७७६१ बागलुङ, छिस्ती-१
मेहदी हुुसेन मियाँ ३७८०२४६ बारा, फेटा-८
अब्बास अहमद सई ३७८०२४९ बाँके, कठकुजा-१
मानसिंह खत्री २३७३५२१ अर्घाखाँची, दीभर्ना-३
राजीवकुुमार दत्त २४२४५०६ महोत्तरी, सुगा भवानी-५
शंकर बिष्ट ३३१८०४७ दाङ, हापुरे-२
ऋषिप्रसाद शर्मा पौडेल २७०१७०८ पर्वत, कर्घा-३
जयबहादुुर पुुन मगर ३३७०५१६ रोल्पा, जौलीपोखरी-८
घनश्याम सार्की ४२०४०८२ नवलपरासी, हप्सेकोट-८
शेषनाथ यादव -शव प्राप्त) २७४९९८८ महोत्तरी, बगडा-६
तिलकबहादुुर खम्चा -शव प्राप्त) २०५६५५९ पाल्पा, गौराकोट-१
चक्रपाणी शर्मा ,पौडेल
दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"