सरकारको अवस्था र धैर्यको आवश्यकता

Devendra Paudel, ccm-Uncp(maoist)

देशमा फेरि नयाँ चर्चा चल्न थालेको छ । सरकार चलाउन माओवादीले जानेन । माओवादीले केही गर्न सकेन । यो शक्ति पनि कतै उस्तै, अरूजस्तै हुने त होइन ? यसखाले चर्चा निर्दोष जनताबीच हुनु स्वाभाविक छ । जनताले आलोचना गर्ने, आफ्नो मत राख्ने, आवश्यक परे खबरदारी गर्ने अधिकारलाई हामी सम्मान गर्छाैं । इमानदार जनताको ठूलो हिस्साले सरकारको काम कारबाही तथा प्रभावकारिताबारे उठाएको जायज विषयलाई न्यायसंगत र स्वाभाविक मान्नुपर्छ । हामीले स्वीकार गर्नैपर्छ, जसरी पहिलो लोकतान्त्रिक सरकारले आमनेपालीलाई प्रत्यक्ष नयाँपन महसुस गराउन सक्नुपथ्र्याे, त्यसो हुन सकिरहेको छैन । आंशिक रूपमा हेर्दा केही सकारात्मक काम भएका छन् । तर पनि सरकारको यस प्रकारको गतिहीनताले देशलाई बदल्न सकिँदैन । सभासदहरू संविधान सुझाव संकलन गर्न जाँदा पनि यी विषय गम्भीरतापूर्वक उठेका छन् । यस अतिरिक्त अन्य विषय पनि मिश्रति रूपमा उठेका छन् । ती विषय भनेका एकीकृत नेकपा माओवादीलाई सरकाररूपी इनारमा खसालिदिने र माथिबाट थपडी बजाउने । कहीँ कतैबाट पनि सहयोग नगर्ने । रमिता हेर्ने र खालि निरपेक्ष पुराना सूत्रहरू ल्याएर आलोचना मात्र गर्ने प्रवृत्ति । यस्ता आलोचना मिसिएका छन् । के माओवादीको यात्रा यही सरकार प्राप्त गर्नसम्म मात्र थियो ? हामीले इतिहाससँग जवाफ माग्नै पर्छ । माओवादीको यात्रा यहाँसम्म मात्र कदापि होइन । हामीले आलोचनाको सम्मान गर्नैपर्छ । आलोचनात्मक स्वतन्त्रतालाई राज्यमा स्थापित गर्नुपर्छ तर पनि आलोचना र टिप्पणी स्वतन्त्र न्यायमा आधारित तर्क र विवेकमा आधारित सकारात्मक उद्देश्यमा आधारित हुनुपर्छ । निरपेक्ष रूपमा आलोचनाका लागि आलोचना, विरोधका निम्ति विरोध गर्नु लोकतान्त्रिक सस्ंकृति होइन । माओवादीलाई पनि पुरानै संसदीय यथास्थितिवादी शक्तिकै पदचापबाट मुक्त गर्ने र आन्दोलनमा जीवनमरणकै प्रवाह नगरी अघि बढेको शक्तिलाई सही बाटोमा हिँडाउने जिम्मा न्यायप्रेमी जनतामाथि छ । जनताले खबरदारी नगर्ने हो भने यो संक्रमणकालीन परिस्थितिमा माओवादी पनि चिप्लने खतरा छ । एकीकृत माओवादीको नेतृत्वमा सरकार निर्माण भएपछि पनि पुरानै संस्कृति, पुरानै तरिका र पुरानै शैली हाम्रो वरिपरि घुमिरहेछ । नातावाद र कृपावादका संकेत, सरुवा बढुवाका चलखेल, ठेकेदारी कमिसन र भ्रष्टाचारका फाइल माओवादीवरिपरि पनि घुम्न थालेका छन् । सरकारी हैसियतप्राप्त गरेका तर जनउत्तरदायित्वको हेक्का नराख्ने, अवसर हुनेहरूले लिने भौतिक सुविधाका संकेत बढ्न थालेका छन् । अवसर प्राप्त नहँुदा त्याग र आदर्शका कुरा गर्ने अवसर प्राप्त हँुदा केही पनि छाड्न नसक्ने संस्कृति भाइरसको रूपमा माओवादीभित्र पनि प्रवेश गरेको छ । त्याग, वीरता र सौर्यताका कीर्तिमान क्रमशः निरीह र कमजोर बन्न थालेका छन् । पद, प्रतिष्ठा र हैसियतको माग गर्ने, घुर्की धम्कीसम्म लगाउने प्रवृत्ति बढ्न थालेको छ । सरकारी नियुक्ति वा राज्यका निकायमा हैसियत नभएकाहरू निरीह बन्ने र हैसियतवालाहरूको अस्वाभाविक चुरीफुरी बढ्न थालेका संकेत देखिन थालेका छन् । यी विषयमा जनताबाट भएको आलोचना, खबरदारी र विरोधलाई हामी दृढतापूर्वक सम्मान गर्न चाहन्छौं । जसले जे भने पनि सरकारको प्रभावकारिता कमजोर बनेको छ ।एकातिर सरकारको उपस्थिति राज्य सञ्चालन गर्ने मामिलामा कमजोर प्रतीत भएको छ भने अर्काेतिर जनताले नयाँ शक्तिको रूपमा आशा र विश्वास गरेको शक्तिको नेतृत्वमा सरकार छ । यो अन्तरविरोध हामी सबैले पचाउनै पर्ने इतिहासको अध्याय भएर हामीसामु उपस्थित भएको छ । भनाइ र गराइमा केही तादात्म्यता मिलिरहेको छैन । सामान्य सीमा र कमजोरीका कारणले माओवादी राज्यमा अब फेल भइसक्यो ? यो निष्कर्ष यति छिटै निकाल्नु सही हुन सक्दैन । इतिहासको गतिलाई हामी अझै पनि नयाँ रफ्तारमा बदल्न चाहन्छांै । भ्रष्टाचार र कमिसनमुक्त नयाँ प्रशासनिक राज्य मेसिनरी निर्माण गर्न चाहन्छौं । क्रान्तिकारी भूमिसुधार जसरी भए पनि लागू गर्ने हाम्रो प्रतिबद्धता कायमै छ । विगतमा भएका राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डताप्रति आँच पुग्ने गरी भए-गरेका असमान सन्धि सम्झौताहरू जसरी पनि खारेज गर्ने हाम्रो लक्ष्य छ । विगतका कतिपय आयोगहरू जस्तै मल्लिक र रायमाझी आयोगले प्रमाणसहित दोषी ठहर्याएका भ्रष्टहरूलाई राज्यले दण्डित गर्नैपर्ने एजेन्डा बाँकी नै छ । त्यसलाई कार्यान्वयन गर्ने र राज्यमा दण्डहीनताको अवस्थालाई अन्त गर्ने हाम्रो सोचाइ बाँकी नै छ । त्यसलाई कार्यान्वयन गर्ने र राज्यमा दण्डहीनताको अवस्थालाई अन्त गर्ने हाम्रो सोचाइ बाँकी नै छ । वर्ग, लिंग, क्षेत्र र जातिमाथि उत्पीडनको जसरी पनि अन्त गर्ने एजेन्डा बाँकी नै छ । उत्पीडित समुदायमाथि हुने गरेका अन्याय अत्याचार जारी नै छन् । नितान्त व्यक्तिगत स्वार्थका लागि हुने गरेका हिंसा र अपराधका घटना झन् बढ्न थालेका छन् । दैनिक उपभोग्य वस्तुको महँगी बढ्दै छ । शैक्षिक अराजकता बढ्न थालेको छ । कर्मचारी संयन्त्रमा ढिलासुस्ती र अनियमितता कायम नै छ । देशको आन्तरिक मामिलामा अस्वाभाविक रूपमा शक्तिकेन्द्रहरूको चलखेल कायम नै छ । ठाउँठाउँमा गुण्डागर्दी, लुट, अपहरण र चोरीडकैतीका घटना पनि वृद्धि हँुदै छन् । आफ्नै देशमा सीप क्षमताको विकास गरेर रोजगारी खोज्ने र राज्यबाट त्यसको उचित व्यवस्थापन गर्ने कुरा हल हुन नसकेर युवापंक्ति वैदेशिक रोजगारमा पलाएन भइरहेकै छ । विश्वमा आइरहेको आर्थिक मन्दी र संकटका कारण युवाहरू लगानीसमेत उठाउन नपाई निराश र विक्षिप्त भएर विदेशबाट र्फकनुपरेको छ । पर्दापछाडिबाट केही तत्त्वहरूले सचेततापूर्वक हाम्रो देशको सामाजिक सद्भाव र सौहार्दतालाई भत्काउन जातीय र धार्मिक भड्कावहरू फैलाउन थालेका छन् । नेपालको सुरक्षा संयन्त्र र सरकारको समझदारी कहीँ न कहीँ मेल नखाएको वा कमान्ड कन्ट्रोलभित्र नरहेको प्रतीत हुन्छ । सीमामा अतिक्रमणका समस्या बल्भिmएर आएका छन् । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सामरिक आदि क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता झन् टड्कारो भएको छ । नयाँ संविधान बनाउने प्रक्रियामा राज्य प्रवेश गरे पनि यथार्थमा संविधान बन्ने गति ज्यादै धिमा छ । लोडसेडिङ, सञ्चार उपकरणमा उपयोगहीनताजस्ता समस्याले जनता वाक्क हुन थालेका छन् । यस्ता समस्याका थुप्राहरू एकातिर छन् भने अर्कातिर माओवादीको नेतृत्वमा संयुक्त सरकार अवस्थित छ जसको कारणले पनि सरकारको प्रभावकारी हस्तक्षेप र पहलकदमि अपूरो र अपूर्ण साबित भएको छ । राज्यसामु उपस्थित समस्या हल गर्न राजनीतिक नेतृत्वमा सापेक्षित एकता र विश्वसनीयताको अभाव छ । एकीकृत माओवादीले कहीँकतैबाट केही पहलकदमि लिन खोज्दा प्रजातन्त्रमाथि आक्रमण र अधिनायकवाद लागू गर्न खोजेको आरोप लगाउन खोजिन्छ । यस्तो विशिष्ठ परिस्थितिमा फेरि एकपटक उत्साहपूर्वक इमानदार राजनीतिक नेतृत्व र माओवादी शक्तिको आवश्यकता छ । संक्रमणकालीन परिस्थितिमा पैदा भएका जटिलताको चक्रव्यूहमा फसेर वा जेलिएर होइन, जनताले दिएको जिम्माअनुसारको नयँा पहलकदमी अनिवार्य बनेको छ । जेजस्ता समस्यामा राज्य जेलिए पनि यतिबेलाको सत्य हो- माओवादीलाई राज्यसञ्चालन प्रक्रियामा सामेल नगरीकन न संविधान बन्न सक्छ, न त शान्ति प्रक्रिया निश्चित टुंगोमा पुग्न सक्छ । त्यसैले माओवादीइतरको नयाँ मोर्चा बनाउने कुराले यी समस्याको निकास होइन झन् समस्या थपिने छ । निराशाको खाडलमा देश फस्ने गम्भीर खतरा पैदा हुने छ । त्यसैले देशलाई नयाँ निकास दिनका लागि नयाँ परिवर्तनमुखी आशावाद र उत्साह दिन नयाँ विश्वसनीय राजनीतिक वातावरण सिर्जना गर्न राजनीतिक नेतृत्व गम्भीर हुनु जरुरी छ । इतिहासको यथार्थ सत्य हो, कसैले माने पनि नमाने पनि नेपालको राजनीतिक वृत्तमा माओवादी शक्ति नयाँ शक्तिका रूपमा उपस्थित छ । इतिहासलाई नयाँपन दिने, वर्तमानलाई बदल्ने र भविष्यलाई दिशाबोध गर्ने शक्ति अझै पनि माओवादी नै हो । यो कुरा आमजनतामा रहेको छ । कमजोरी अवश्य नै सच्याउनुपर्छ । शुद्धीकरणको नयाँ प्रक्रिया अवश्य सुरुवात गर्नुपर्छ । पुराना संसदीय यथास्थितिवादले छाडेका र फोहोर गरेका विषयबाट नयाँ शिक्षा लिनैपर्ने हुन्छ । माओवादीको अन्तिम विन्दु यो सरकार कदापि होइन । देशलाई बदल्न, संसारलाई बदल्न र मानवजातिलाई नै बदल्न लागेको शक्ति कसैको पूर्वाग्रहपूर्ण आलोचनाले कहिल्यै पछारिने छैन । माओवादीले कल्पना गरेको राज्यप्रणाली लागू हुने राज्यसत्ता जनताले अझै पनि अनुभव गर्न सकेेका छैनन् । अहिले आमजनतासामु संक्रमणकालीन संयुक्त सरकार छ तर माओवादीकै नेतृत्वमा राज्यसत्ता छैन । त्यसैले जनता फेरि पनि अर्को नयाँ परिवर्तनका लागि, अर्काे नयाँ आन्देलनका लागि, अर्काे नयाँ उत्साह र जागरणका लागि तयार रहनु आवश्यक छ । क्रान्तिका सपना, जनआन्दोलनका आकांक्षा, जनताका आशा र विश्वास कहिल्यै गुम्न दिनु हँुदैन । दसौं वर्षसम्म जनतामा जागरण ल्याउनका लागि माओवादीले पनि सीमित उपलब्धिमा विजय प्राप्त गरेको छ तर पनि राज्यसामु उपस्थित चुनौती हल गर्न फेरि एउटा संकल्पको आवश्यकता छ । त्यसकारण इनारमा खसालेर रमिता हेर्नेहरूलाई खुसी पार्नुभन्दा पनि वास्तविक जनताका समस्या हल गर्न एकीकृत नेकपा माओवादी केही सीमा र कमजोरी सच्याएर अगाडि बढ्न तयार छ । भविष्यमा पनि तयार रहने छ । त्यसैले धैर्य अहिलेको आवश्यकता हो sabhar from facebook

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"