खडेरी हटाउन भ्यागुताको बिहे

दोलखा, चैत ४ - खडेरीले मर्कामा परेका किसानहरूले पानी पर्ने आसमा भ्यागुताको बिहे गराइदिएका छन् ।
लामो खडेरीले पीडित जिल्लाको जुगु-४ गैरीका किसानले भ्यागुताका भालेपोथीलाई मन्दिरमा राखेर विधिवत् विवाह गरिदिएका हुन् । विवाह समारोहमा भाग लिन सोमबार स्थानीय नेगेश्वरी कालीकास्थान मन्दिरमा गाउँलेको भीड लागेको थियो । सिप्ले खोलाबाट खोजेेर ल्याइएको भाले र चुकेपानी खोल्छाबाट ल्याइएको पोथी भ्यागुतालाई गाउँका सात पण्डितले विवाह गरेका थिए । ती पण्डितले गाउँका तीन मन्दिरमा रुद्री र बिहेस्थलमा एकाह पुराण लगाए ।
पानी नपरेर खेतीलाई असर गर्दै गएपछि प्रतिपरिवार २० रुपैयाँका दरले संकलन गरी बिहे गरिएको पण्डित विष्णुप्रसाद न्यौपानेले बताए । पोथी बनाइएको भ्यागुतालाई कन्या केटीद्वारा चुरा पोते र रातो घुम्टोले सिंगारिएको थियो । भालेलाई बेहुलाको पहिरनमा पहिर्‍याएपछि विवाहकर्म थालिएको न्यौपानेले बताए । उनले पाँच वर्ष अघि भ्यागुताको बिहे गर्दा पानी परेको बताए । बिहेको भोज खान गाउँका युवा, वृद्ध, महिला, केटाकेटी उत्साहका साथ भेला भएका थिए । सबैले बिहे भोजस्वरूप हलुवा र चिया खाएको बताउँदै विष्णुप्रसादले भने, 'पण्डितहरूलाई २० रुपैयाँका दरले दक्षिणासमेत दिइयो ।' विवाह कर्म सकिएपछि डोलीमा राखेर भाले भ्यागुता ल्याइएको स्थान सिप्ले खोलामा लगरे छाडिएको थियो । बिहेको लागि बिहान सातदेखि अपराह्न साढे चार बजेको स्थानीय सुन्दर पाण्डेले बताए । बिहे सकिएपछि केहीबेर हुरीवतास चलेको र पानी छिट्याएको स्थानीय शिक्षक उर्मिला थामीले बताइन् । बिहेको बन्दोवस्त गर्न अग्रसरता देखाउने विष्णुप्रसादले भने, 'यति गर्दा पनि अहिलेसम्म पानी परेको छैन ।'
haami nepali ko chetana ajhai esto chha.

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"