कतार जनप्रगतिशील मन्च :एक झलक


कतारबाट, बिष्णु आचार्य


कतार जनप्रगतिशील मन्च को स्थापना २००७ अगस्त २ का दिन भेला गरी सम्पन्न भएको हो । एस्को बिधिबत उदघाटन २००७ मार्च १४ मा नेकपा माओवादीका बिदेश बिभाग प्रमुख क गौरव ले गर्नु भएको थियो । संगठन बिस्तार को क्रममा हाल यस् मंच को १३ वोटा एरिया समितीहरुको निर्माण भएको छ । १७ सदस्सिय केन्द्रिय समितिमा
अध्यछ जनार्दन गिरी र उपाध्यछ होमनाथ शर्मा हुनुहुन्छ । ५ सदस्सिय सल्लाहाकार समिती छ भने ५ बैकल्पिक सदस्यहरु छन । एस्को वार्षिक उत्शबमा क गौरब र क मातृका यादवको उपस्थिती थियो भने हजारौ कतार्बासी नेपाली जन समुदाय हरुको उपस्थिती थियो । कतार्बासी न्याय प्रेमी जन समुदाय को अपार मायामा हुर्कन लागेको यो मंच को दरो उपस्थिती बाट त्याहा रहेका दलाल र मानब बेच बिखन मा सम्लग्न तस्कर् हरु को मुटुले ठाऊ छाडेको कुरा यस्का सदस्य हरु गर्बसाथ बताउछन । शोषित पीडित जनताको पक्ष मा आवाज उठाउने मुल उदेश्य राखेर गठन भएको यो संस्था ले नेपाली जनताले चलाएको न्यायपूर्ण आन्दोलन को खुलेर समर्थन गर्दछ र गणतन्त्र को बिकास गरी जनताको पक्ष मा जन संबिधान बनाउन सहयोग पुर्याउने यस्को उद्देश्य रहेको छ । दिन दाहाडै नेपालीहरुलाई ठग्नेहरु यस् संस्थाबाट भय भित छन भने न्यायप्रेमीहरु यस्लाई माया गर्दछन । कतारमा ठगी गरी नेपाल जाने हरु लाई अब यो मंच ले कारबाही थाल्ने भएको छ । हाल कतारमा लगभग ४ लाख को हाराहारीमा नेपालीहरु बिभिन्न पेशामा कार्यरत छन । साम्राज्यबादी अर्थतंत्रको बनावती आर्थिक मंदी को असर हाल यहाँ पनि परेको छ र तेस्को प्रत्यछ्य असर यहाँ कार्यरत नेपालिहरुलाई परेको छ।
दोश्रो बार्षिकउत्सव तथा अंतर्क्रिया हुने
नेपाल पत्रकार महासंघ तदर्थ संपर्क समिती कतारको दोश्रोवार्शिकौत्शव तथा अंतर्क्रिया कार्यक्रम यही मार्च ५।६ का दिन एक भब्य कार्यक्रम का साथ सम्पन्न हुदैछ । भेलाले नया नेत्रित्तो को समेत चयन गर्ने छ र यसको लागी संपूर्ण तयारी पूरा भएको छ । कार्यक्रम नेपाल पत्रकार माहासंघ का सभापति धर्मेन्द्र झाको प्रमुख आतिथ्य मा सम्पन्न हुनेछ ।
समाचार श्रोत : बिष्णु आचार्य, दोहा

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"