भुटान, नेपाली शिविर हुँदै अमेरिकी चित्रप्रसाद
पिट्सबर्ग, मंसिर २७ (एजेन्सीहरु)नयाँ घरको बाथरुममा जब सावरबाट पानी झर्न थाल्यो चित्रप्रसाद गौतम र उनका परिवार अचम्म मानेर मास्तिर हेर्दै थिए। ´एउटा कुरो सोध्नु छ´, चित्रले स्याम्पुको बोतल हातमा समात्दै भने, ´यसलाइ टाउकामा दलेर पानी भित्र जाने कि, पानी भित्र गइसकेपछि दल्ने?´ १९ वर्षे चित्र भर्खरै अमेरिकाको शरणार्थी शिविरमा नयाँ जीवन सुरु गर्न आउने ५३ हजार नेपाली जाति मध्येका हुन् जसको उठिबास आफ्नै मुलुक भूटानबाट निकै अघि भएको थियो। उनीजस्ता ६० हजारलाई आफूकहाँ भित्र्याउन अमेरिका तयार भइसकेको छ। त्यसो त, यस अघि इराकी र बर्मेली शरणार्थीहरुको धुइरो लाग्दा अमेरिकामा निकै हल्लीखल्ली मच्चिएको थियो। तर दक्षिण एशियाको मसिनो देश भूटानबाट आएका यी समुदायको आगमन भने चुपचाप रह्यो। एक त अमेरिकामा भूटानी समुदाय छैन त्यसमाथि यी मध्ये अधिकांशलाइ पिट्सबर्ग जस्ता ठूला शहरमा बसाइएको छ जहाँ लगातार हटाइदै लगिएका उद्योगहरुको स्थानमा फरक संस्कृतिको बसोबास स्थापना गर्न स्थानीय अधिकारीहरु लागिपरेका छन्। चित्रको जस्तो परिवारलाई घर, खाना, सामाजिक सुरक्षा, अंग्रेजी कक्षा र अन्त्यमा जागीरसम्मको जोहो गर्न यतिबेला यहाँ सामाजिक संघ संस्थाहरु लागिपरेका छन्। तीन महिनापछि भने यस्ता परिवारले आफ्नो निम्ति आफैंले आर्थिक बन्दोबस्त गर्नै पर्ने अनिवार्य प्रावधान छ। त्यसका निम्ति प्रायःले थोरथोरै आम्दानी हुने कामहरु भेट्न सक्छन्। चीन र भारतबीच चेपिएको भूटान बुद्ध धर्मावलम्बी राजतन्त्रबाट शासित छ। नब्बेको दशक प्रारम्भमा त्यो राजतन्त्रले त्यहाँका अधिकांश हिन्दू धर्म मान्ने नेपालीजातीलाई देशनिकाला नीति लियो। भूटानी नागरिक यस्ता नेपालीजातिलाई त्यहाँ लोत्साम्पा भनिन्छ। त्यो रुखो कदमपछि झण्डै एक लाख नेपालीजातिको त्यहाँबाट उठीबास भएर नेपालका शरणार्थी शिविरहरुमा पुगेका थिए। विश्व समुदायका माझमा हराएको ग्रहजस्तो सानो अधिराज्य भूटान यता आएर खुल्दै जानथालेको छ। नागरिक केही अधिकारसम्पन्न भएका छन् भने शासनसत्ताको बागडोर भर्खरै जवान युवराजको हातमा पुगेको छ। तैपनि यो मसिनो सांग्रीला अझैं कडा नियन्त्रण घेरा भित्रै बाँधिएको पाइन्छ। एकातिर परम्पराका माखेसांग्लाहरुले वर्ग विभेदलाइ ब्यूँताएकै छ भने अर्कातिर वर्षमा २० हजार मात्र भित्रिन पाउने पर्यटक पनि कडा घेरा भित्र मात्र हिँड्डुल गर्न सक्छन्। भूटानका अरु थुप्रै जस्तै चित्रको परिवार पनि कृषिमा आधारित थियो। चित्र र १७ वर्षे बहिनी उमा भूटानमै जन्मेका हुन्। १५ वर्षे भाइ राजु चाहिं नेपालका शरणार्थी शिविरमा जन्मने पुस्तामा पर्छन्। प्राय: निरक्षर अभिभावकका यी सन्तानलाई शिविरभित्रै पढाउने जमर्को भने राष्ट्रसंघले गरेको थियो। १९९२ ताका चित्रको परिवारलाइ दमक भन्दा २५ माइल टाढा झुपडीहरुले बनेको यस्तो शिविरमा पु-याइयो जहाँ एउटै फोहर कोठामा परिवारै अटाउनु पर्थ्यो। एक गाग्री पानी लिन कहिलेकाही घण्टौं पर्खनु पर्थ्यो । एउटै चर्पी टोलैले प्रयोग गर्नुपर्थ्यो भने नुहाउन छेउमा बग्ने नदी। तर अहिले चित्रको परिवार पिट्सबर्ग शहरको क्यासल सानोन स्थित अपार्टमेन्टमा छ। अचानक फेरिएको जीवनमा छेलोखेलो पानी, घर भित्रै चर्पी, नरम गलैंचा ओछ्याइएका भुईं, दराजहरु, फ्रिज, बिजुलीले घर सफा गर्ने उपकरण छन्। अनि त्यसको साथमा रेडियो बज्ने घडीहरु यसकारण पनि उल्लेख्य छ कि अब अमेरिकी जीवनको तीब्रतासंग उनीहरुले तादात्म्यता राख्न सिक्नै पर्छ। ´यस्तो घर मैले आजसम्म देखेको पनि थिईंनँ´, आफूहरुलाई सघाउन आएकी मोलि फेराले जब उनीहरुलाई तीनवटा सुत्ने कोठायुक्त नयाँ अपार्टमेन्ट देखाउँदै थिइन् त्यतिबेलै चित्र भनिरहेका थिए। घर भित्र पुगिसकेपछि मोलीले उनीहरुलाई चामलको पोको, चिया, मरमसला र भाडा बर्तन समेत जिम्मा लगाइन्। फ्रिजको प्रयोग कसरी गर्ने भनेर सिकाउनका निम्ति पनि परिवारमै अंग्रेजी बोल्ने एक मात्र सदस्य चित्र उपयुक्त ठहरिए। अमेरिकी जीवन निश्चयै धेरैका लागि सपनाको जीवन हो, तैपनि कतिपय शरणार्थीहरु यहाँ बस्न रुचाउन्नन्। ´हामीमध्ये अधिकांश भूटानै फर्कन चाहन्छौं किनभने हामीलाई आफ्नो जरो र देशको माया छ´, नेपालकै क्याम्पमा बसेका डीपी काफ्ले भन्छन् ´हामीलाई माटोको माया छ र भूटानी माटो छाडेर कतै जान्नौं।´ राष्ट्रसंघका शरणार्थी मामिला सम्वन्धी उच्चायुक्त मातहत काम गर्ने लारी यंकका अनुसार तैपनि ५५ हजार शरणार्थीले भने आफूहरु तेश्रो मुलुक बसाइ सर्न तयार रहेको कागज गरिसकेका छन्। पेन्सिलभानियास्थित समाज कल्याण विभागका संयोजक नर्म एन रोथरमिलका अनुसार धेरै अमेरिकी शहरहरु नेपाली जातिलाई आफ्नो नागरिक बनाउन इच्छुक देखिएका छन्। ´यो जातिका शरणार्थीहरु राम्रा कामदारका रुपमा देखिएका छन्´ , उनले भने, ´उनीहरु प्रायः शरणार्थीमा देखिने समस्या जस्तो सरकारमाथि बोझ बनेर बसिरहन चाहँदैनन्।´ हिब्रु आप्रवासी सहयोग समाजका वरिष्ठ उपाध्यक्ष मार्क हेटफिल्डका अनुसार उनको संस्थाले अहिलेसम्म एक सय १७ भुटानी शरणार्थीको बसोबास बन्दोबस्त मिलाइसकेको छ। उनी आउँदो बर्षभित्र यो संख्या दोब्बर हुने विश्वासमा छन्। यो संस्थाले चार्लोट, एनसी, स्प्रींगफिल्ड, मास, कोलम्बस, क्लेभल्याण्ड र ओहायो जस्ता शहरहरुमा भूटानी शरणार्थीको बसोबास प्रवन्ध मिलाउदै आएको छ। मार्कका अनुसार उनीहरुलाई बसोबास गराउदा अलिक सस्तो क्षेत्र रोज्ने गरिएको छ, ताकि केही वर्षमै उनीहरुले आफै सहजै घरजम गर्नसकून्। शरणार्थीहरु प्रायः भाषा, प्रशासनतन्त्र, कामको खोजी र आधुनिक उपकरणबीच बाँच्न सहयोगको अपेक्षा गर्छन्। तर यहाँ चित्रलाई केही थप कुरा पनि चाहिएको छ। ´कम्प्युटर नि?´, उनले मोली तर्फ हेर्दै सोधे, ´मलाइ नेपालको शिविरमा पढाउने सरले इमेल गर्नु भन्नुभएको छ।´ मोलीले उनलाई निकट भविष्यमै एउटा टिभी पठाइदिने वाचा त गरिन् तर कम्प्युटर भने चित्र आफैंले बन्दोबस्त गर्नुपर्ने स्पष्ट पारिन्। ´बरु तिमी कुनै छेवैको पुस्तकालमा जाउ न´, उनले सुझाव दिइन्। ´हो, पुस्तकालय´, चित्रले टाउको हल्लाउँदै भने, ´मलाइ सरले भन्नुभएको थियो एउटा कार्ड किनेपछि पुस्तकालयमा सित्तै इन्टरनेट प्रयोग गर्न सकिन्छ।´

la dai ramro...level use garnu bhayeko chha...keep doing..
ReplyDelete