भावपुर्ण श्रद्धान्जली


Udaya Raj Gautam
December 2
आज मङ्सिर १७ गते । हाम्रो परिवारमा ठुलो बज्रपात परेको दिन । आजकै दिन २०६१ साल मङ्सिर १७ गते हाम्रो बुवा-आमाले ६ भाइ मध्यको साहिलो छोरोलाई भौतिक रुपमा यो सँसारबाट गुमाउनु भएको थियो । आफ्नो प्राणभन्दा प्यारो बाबा गुमाएका थिए सन्तोष र सबिताले । सिउदोको सिन्दुर पखालिएको थियो,बिष्नुको । साहिलो दाइ अर्थात भरोसाको केन्द्र, कृष्ण प्रसाद गौतमलाई सदाका नीम्ति बिदाइ गरेका थिए भाइ दान प्रसाद ,काशिराम र निलकन
्ठले । भतिजा भतीजीहरू जितेन्द्र ,जिवन, जगु,दर्पण,विशाल,सुन्दर,कबिता र कुशुमले आफ्नो प्यारो अन्कललाई बाइ बाइ गरेका थिए । दाइ भाउजुहरू र मैले यसैगरी स्विकारेका थियौ त्यो अकल्पनिय र दारुण यथार्थलाई । त्यो कालो दिनमा हामी सबै भाइकी एक मात्र दिदिले भाइहरूको संख्या घटेको सम्चार कसैले सुनाइ दिए पछि आफू हिंडेको जमिन भास्सिएर अकस्मात लड्नु भएको थियो । जनसेवा उच्च मा वी पैयु हटियाले ,पर्वत ले एउटा कर्मठ शिक्षक गुमाएको थियो भने जिल्लाले एउटा होनाहार जनसेबक,जनताको मुटुको धडकन चुडेको अनुभुती गरेको थियो । महान जनयुद्धले चरम उत्कर्श लिएकै बेलामा जनअदालतको न्यायाधिशको जिम्मेवारी सम्हाल्दै गर्दा कृष्ण प्रसाद गौतम (का. चिन्तन) लाई स्याङ्जा जिल्लाको सिर्सिकोटमा तत्कालिन शाही सेनाको केन्द्रिय कमान्डो फोर्शले सेल्टर बाटै निशस्त्र अवस्थामा गिरफ्तार गरिसकेपछी तत्कालिन नेकपा माओवादी पर्बत जिल्ला पार्टिका सदस्यहरू का कुबिजा ,का बिजय सुबेदी लगायत अन्य ६ जनालाई गाऊलेहरूलाई बोलाएर सबैको बिचमा राखेर छातीमा गोली हानेर प्राण पखेरु उडाइएको थियो । स्थानिय एक महिलाले एड्भोकेसी फोरमलाई दिएको बयान अनुसार् कृष्ण गौतम लाई गोलिहान्नु पूर्व पार्टिको आन्तरिक गोपनियता खोल्न इन्कार गरेको हुँदा अब 'गोली खान्छस' भनेर सेनाको क्याप्टेन सञ्जय झाले चेतावनी दिदै गर्दा कृष्णले ५ पटक सम्म 'नेकपा (माओबादी)-जिन्दाबाद,महान जनयुद्ध -जिन्दाबाद !भनेका थिए। सिंगो परिवार बाल बच्चाको सवालमा यो घटना यद्यपी एक असैह्य बज्रपात थियो नै । 'जस्को बाउ मर्यो, उसैको छोरो टुहुरो' भन्ने नेपालि उखान सार्थक बन्ने परिस्थिती हुँदा हुँदै पनि हामिले एउटा महान सहिदको परिवारको रुपमानै गर्व गर्ने कुरा रह्यो । हाम्रा इष्ट मित्र , भाइलाई आफ्नो आँखाको नानी सरह माया गर्ने स्याङ्जा ,पर्वत हुवास लगायत सिंगो जिल्लाबासी जनसमुदाय, सुभेछुक, कृष्ण गौतमका साथिभाइ,सहकर्मी शिक्षक मित्रहरू ,सहयोद्धा कामरेडहरू सबैले हामीमा दर्शाउनु भएको समबेदना र सहानुभुति प्रति कृतग्यता प्रकट गर्दै आज नबौ स्मृति दिवसक दिन कृष्ण गौतम लगायत सम्पुर्ण सहिदहरुप्रती भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"