स्विटजरल्यान्डको राजधानी बेर्नमा १२२ औ अन्तरास्ट्रीय मजदूर दिबस तथा नेपाल पर्यटन बर्ष २०११ भब्यताकासाथ सम्पन


स्विटजरल्यान्डको राजधानी बेर्नमा १२२ औ अन्तरास्ट्रीय मजदूर दिबस तथा नेपाल पर्यटन बर्ष २०११ भब्यताकासाथ सम्पन ।
आशिष स्विस
१ मे २०११ ,
“संसार भरिका मजदुर एक हौं” भन्ने मुल नाराका साथ १२२ औं अन्तरास्ट्रिय मजदुर दिवस सदाझैं यस बर्ष पनि स्वीटजरल्याण्डको राजधानी बर्न मा भब्य रुपमा सम्पन्न भयको छ! नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस) स्विट्जरल्यान्डले मजदुर दिबसमा आफ्नो स्थापना काल देखि नै सक्रिय सहभागिता जनाउदै आयको छ ! नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) ,स्विट्जरल्यान्ड भित्र भयका मजदुर हरु को हक हित तथा अधिकार को लागि स्थापना गरियको संगठन युनिया (UNIA) स्विस, स्विस मजदुर संगठन तथा विभिन्न बुद्दिजिबी तथा बामपन्थी संगठन हरु द्वारा संयुक्तरुपमा आयोजना गरियको बिसाल सभामा उल्यख्य रुपमा स्थानीय मजदुर तथा सर्बसाधारण को बिशाल उपस्थिति थियो!
स्थानीय समय अनुसार दिनको १६.३० बजे बेर्नको ऐतिहासिक सहर आल्टस्टाट बाट सुरु भयको र्याली विभिन्न गगनभेदी नारालगाउदै सहर को परिक्रमा गर्दै दिउसो १७.०० बजे बुन्देसप्लाट्ज(केन्द्रीय संसद भबन)अगाडी पुगेर सभामा परिणत भयको थियो! उक्त सभामा बोल्ने बक्ता हरु ले सर्बहारा मजदुर माथिपुजीपति वर्ग द्वारा गरिने श्रम शोसन बन्द गरिनु पर्ने भन्दै पुजिबादको घोर बिरोध गरेका थिय भने संसारभरि चलिरहेको मजदुर आन्दोलन मा एक्यबद्दता प्रकट गरेका थिय! नेसोफ स्विसले सो कार्यक्रम मा आफ्नो संगठन को ब्यानर लगायत नेपाल भ्रमण सफल पार्ने उद्द्स्य ले विभिन्न नारा लेखियको ब्यानर, र एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी) को ब्यानर सहित प्रदर्सन गरेको थियो! उक्त ब्यानर हरुलाई गौरबका साथ तुर्किस ,कुर्दिस,स्विस माओबादी समर्थकहरुले पनि बोक्दै नेपाल पर्यटन वर्ष को सफलताको लागि एक्यबद्दता एक्यबद्दता प्रकट गरेका थिए भने स्थानीय जनता र संचारमाध्यम मा उक्त ब्यानर आकर्षणको केन्द्र बनेको थियो!
साथै सोहि अबसरमा नेसोफ स्विस ले बुन्देसप्लाट्ज़(स्विस केन्द्रीय संसद भबन)अगाडी आफ्नो स्टल राखी नेपाली जनयुद सम्बन्धीत पोस्टर, किताबहरुका साथै नेपाल भ्रमण वर्ष २०११ का विभिन्न सामाग्री हरु सर्बसाधारण लाइ बितरण गर्नु को साथै उत्सुक स्विस नागरिक हरु लाइ नेपाल र नेपालि कला सस्कृति, बाताबरण, नेपालका पर्यटकीय स्थल लगायतको बारेमा जानकारी दिदै नेपाल भ्रमणको निम्तो दिइएको थियो! आगन्तुक हरुले धेरै उत्सुकका साथ जानकारी लिनुका साथै नेसोफ स्विस द्वारा बितरण गरियका सामाग्रीहरु लियर गयका थिय भने सम्पूर्ण पर्यटन समन्धी सामाग्री नेपालि दुताबास जेनेभाका महामहिम राजदुत डा.दिनेस भट्टराई ले उपलब्ध गराउनु भयको थियो

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"