राम्रो छैन सुख सुबिधा राम्रो छैन देशको हाल


देवी गौतम

देश को हाल के छ चिट्ठी लेखी पठाउन ।
शहरको गतिबिधी सबै बताउन् ।।

के छ जनता सुख शुबिधा के छ जनता देशको हाल ।
धेरै भयो आन्दोलन भएको के छ देशको चाल ।।

राम्रो छैन सुख सुबिधा राम्रो छैन देशको हाल ।
मन्त्री धनी देश गरीब को के हुन्छ र चाल ।।

भ्र्स्टचार बढेको छ लुट पाट जारी छ ।
सोझा साझा जनतालाई सार्है भारी छ ।।

बिजुली बाल्न पाइदैन अन्दकारमा बस्ने हो ।
पानी खान नपाए कसरी बस्ने हो।।

नेपालको खोला नाला ले भारतमा झलल।
नेपाली जनता लाई अन्दकारले अलमल ।।

देश चलाउने नेताले कति छाडछौ भासण ।
सकेसम् जनतालाई अझै ढाटन ।।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"