भारतीय राजदुताबासमा ज्ञापनपत्र

ओस्लो, जनवरी १९
राष्ट्रिय स्वाधिनता तथा भौगोलिक अखंडताको रक्षार्थ नेपालमा चलिरहेको आन्दोलनमा ऐकेबद्धता जनाउँदै नेपाली जनप्रगतिशील मंच नर्वेले ओस्लोस्थित भारतीय राजदुताबासमा एक ज्ञापनपत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्र दुतावासमा कार्यरत प्रथम सचीव श्रीला कुमारलाई डा. सुदन न्युपाने, प्रेम बुढाथोकी लगायत ५ जनाको टोलीले बुझाएको हो ।

नेपाली जनप्रगतिशील मंच नर्वेद्वारा बुझाएको उक्त ज्ञापन-पत्रमा नेपाल भारत बीच गरीएका १९५० लगायतका सम्पूर्ण असमान सन्धि-सम्झौताहरुको खारेजी हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गरिनुपर्ने, सीमा क्षेत्रमा हराएका सीमा-स्तम्भहरु राखिनुपर्ने, अतिक्रमित नेपाली भूभागहरु फिर्ता हुनुपर्ने, नेपाली राजनीति तथा नेपालको आन्तरिक मामिलामा भारतीय पक्षबाट हुनेगरेका हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"