आमाको माया अमर हुन्छ
आज ०६६ साल बैशाख १२ गते आमाको मुख हेर्ने दिन !संसारमा सबैभन्दा ठुलो आमा हो। आज बिहान उठी नुहाइ धोही गरी आमालाई ढोग गरे। आमाले हामीलाई दश महिना गर्वमा राखी धेरै दु:ख गरी जन्माइ, हुर्काइ धेरै कष्ठ गरेर बदाउनु भयो। हामीले आमालाई सधैं खुशी बनाउनु पर्छ। आमाले सधैं हामीलाई राम्रो र ज्ञानबर्दक कुराहरु सिकाउनुहुन्छ। सबै भन्दा बढी माया आमाले गर्नु हुन्छ। आमाको माया सँग केही पनि तुलना गर्न सकिन्न र हुन्न पनि । हाम्रो जन्मा भुमी पनि आमा सरह हो । आमाकै माया पाएर कोही प्रधानमन्त्री भए, कोही राष्ट्रपती भए, कोही डाक्टर भए, कोही भए त्यस्तै कोही बज्ञानिक त खोही पाइलट, शिक्षक आदी भए। आफ्नो खुट्टामा आँफै उभिन सक्षम बनाउने पनि आमानै हो । आमाको माया निस्वार्थी हुन्छ। आमाले हामिलाई सधैं एकनास ठानेर माया गर्नुहुन्छ। आमाको माया हामीले कहिलेपनी भुल्ना सकिदैन। आमा भन्ने शब्द नै सबैको गौरबमय शब्द हो। आमाले हामीलाई गाली गरेपनी हामै राम्रो लागि हो । कतिपय छोराछोरिहरुले त आमाकोको कुराहरु पनि सुन्दैनन, माया पनि गर्दैनन तर त्यस्ता अज्ञानी छोरीहरुलाई पनि आमाले निस्वार्थ माया गरिरहनु भएको हुन्छ। एउटी आमाले छोराछोरिलाई चुरोटको धुवाबाट बन्चित गर्न चाहन्छिन तर तिनै छोरा छोरीहरुले चुरोटको धुवामा लडिबडी खेलिरहेका हुन्छन। हामी एक दिन कसैकोमा गएर बस्यो भने आमालाई त्यस्ले खायो कि खाएन, सुट्यो कि सुतेन भन्ने पिर हुन्छ। आमाले केही चिज पनि एक्लै खानु हुन्न। कसैले केही दिए पनि हामीलाई नै ल्याएर दिनु हुन्छ। बाहिर जादा जुनसुकै आमाले पनि हामिलाई खाजा पोको पारी ,लुगाहरु राखिदिनुको साथै पैसा पनि दिनुहुन्छ र आमाले जस्तै माया कशैले पनि गर्दैन । हामीलाई आमाको जस्तो माया नै सबभन्दा बेसी हुन्छ। आमाको माया अमर हुन्छ।
-दर्पण राज गौतम
-दर्पण राज गौतम
डेन्मार्क
Yeh, Darpan le lekheko ramro chha. Yestai lekdai jane bani basalnu parchha. Pachi Lekhak huna pani sakinchha. Ama chhora ko foto pani ramrai lagyo tara amale kapal pani koreko bhaye ajha ramro dekhinthyo.
ReplyDeleteyeh la darpand timi le lekheko Aama ko maya sarai marmik lago ra sabai ko man chhune lekheko rahechau ajha ramro lekhene paryash garnu la
ReplyDeletebishnu acharya
doha qatar