"जिन्दगी"



- निष्ठा तिवारी, ब्रसेल्स, बेल्जियम

मानिसले जन्म लिन्छ सुख र दुःख बोकेर

सुख र दुःखमा हुर्किन्छ जीवन चुलबुल गरेर

उसले खुसी र पिडा पाउंछ आफन्त र परिवारले दिएर

तर कहिले कांही भनेे पाउंछ आफुखुसीमा हिंडेर।

मानिसले सोच्छ –धनले नै सुखी भईन्छ

जोसग सम्पति छैन उसैलाई दुखी ठानिन्छ

तर वास्तवमा यसमा सत्यता हुदैन

सम्पति त खाली हातको मैला मात्रै हो।

जिन्दगीको क्षणमा हुन्छन् उकाली ओराली

कहिले स्वदेश कहिले विदेश हिड्छन् सुखका लागी

तर जता रहे पनि गरिबलाई कामकै भारी छ

धनीले भने सुखको घुर्की दिन मात्रै जानेको छ।

सुखको स्वास ऒ्ढेर्नका लागी गरिबी लुकाउन हिड्दछन्

मानिस देश नै छाडी कामको खोजीमा

तिर्नु छ विदेश आउंदाको ऋण

उहि डल्ले साहुलाई

तर विदेशमा त सोचे भन्दा फरक रैछ आंफैलाई।

कामको खोजीमा निस्कदा विदेशका गल्लि गल्लिमा

असहजताको भुंमरीले गर्दा हुन्छ जेलनेल र खरिद बिक्री

स्वदेशबाट सोच्नेले– भन्छन् विदेशमा पैसा फल्ने रुख छ

तर वास्तविकतालाई हेर्‍यौ भने यहां केवल पसिना मात्र बग्छ।

आफुसग सुख छ भन्दैमा मातिएर हिड्नु हुदैन

दुःख भयो भन्दैमा अतालिएर चिन्तित रहनु हुदैन

सुख र दुःख त खाली जीवन बिसाउने चिज मात्रै हो

यी दुई चिजबाट सन्तुष्टी लिनु जिन्दगीको खेल हो।

धन्यवाद

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"