"जिन्दगी"



- निष्ठा तिवारी, ब्रसेल्स, बेल्जियम

मानिसले जन्म लिन्छ सुख र दुःख बोकेर

सुख र दुःखमा हुर्किन्छ जीवन चुलबुल गरेर

उसले खुसी र पिडा पाउंछ आफन्त र परिवारले दिएर

तर कहिले कांही भनेे पाउंछ आफुखुसीमा हिंडेर।

मानिसले सोच्छ –धनले नै सुखी भईन्छ

जोसग सम्पति छैन उसैलाई दुखी ठानिन्छ

तर वास्तवमा यसमा सत्यता हुदैन

सम्पति त खाली हातको मैला मात्रै हो।

जिन्दगीको क्षणमा हुन्छन् उकाली ओराली

कहिले स्वदेश कहिले विदेश हिड्छन् सुखका लागी

तर जता रहे पनि गरिबलाई कामकै भारी छ

धनीले भने सुखको घुर्की दिन मात्रै जानेको छ।

सुखको स्वास ऒ्ढेर्नका लागी गरिबी लुकाउन हिड्दछन्

मानिस देश नै छाडी कामको खोजीमा

तिर्नु छ विदेश आउंदाको ऋण

उहि डल्ले साहुलाई

तर विदेशमा त सोचे भन्दा फरक रैछ आंफैलाई।

कामको खोजीमा निस्कदा विदेशका गल्लि गल्लिमा

असहजताको भुंमरीले गर्दा हुन्छ जेलनेल र खरिद बिक्री

स्वदेशबाट सोच्नेले– भन्छन् विदेशमा पैसा फल्ने रुख छ

तर वास्तविकतालाई हेर्‍यौ भने यहां केवल पसिना मात्र बग्छ।

आफुसग सुख छ भन्दैमा मातिएर हिड्नु हुदैन

दुःख भयो भन्दैमा अतालिएर चिन्तित रहनु हुदैन

सुख र दुःख त खाली जीवन बिसाउने चिज मात्रै हो

यी दुई चिजबाट सन्तुष्टी लिनु जिन्दगीको खेल हो।

धन्यवाद

Comments

Popular posts from this blog

War for Peace

खतरामा जीवन

cultural show in Illinois University ,United States