कतारले नेपालमा श्रम सचेतना केन्द्र खोल्ने


कतारले बैदेशिक रोजगारीलाई ब्यबस्थित गर्न नेपालमा श्रम सचेतना केन्द्र स्थापना गर्ने भएको छ । रोजगारीका लागि कतार आउने नेपालीलाई कतारको बर्तमान नियम कानुन् भाषा र कतारि संस्कृति बारे पूर्व जानकारी गराउने छ । उक्त कुरा गत हप्ता कतार भ्रमणमा आउदा परराष्ट्र मंत्री उपेन्द्र यादव् र कतारका श्रममन्त्री बिच भेटघाटपछी कतारि नेताले सो जानकारी दिएका हुन । भेटघाटपछि मन्त्री यादवले कतार सरकारले नेपालीलाई पूर्वबत भिसा उपल्ब्ध गराउने प्रतिबधता ब्यक्त गरेको बताउनु भएको थियो । हाल कतारमा ३ लाख ५० हजार नेपाली कामदार छन । विश्व आर्थिक मन्दिको असर् भए पनि नेपाली मज्दुर फिर्ता नपठाउने विषयमा पनि छलफल भएको थियो र थप १ लाख १२ हजार को पूर्व भिसा प्राप्त हुने कुराको समेत जानकारी दीइएको छ ।
बिष्णु आचार्य , दोहा कतार

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"