मेरो हाकिम ! चिंतन उहिलेई बाजेको पालाको



आफ्नो हाकिमको बारेमा मान्छे कमै बोल्छन किनभने हाकिमका बिषयमा बोल्दा त्यहां प्रशंसा मात्रै हुंदैन, आलोचना पनि हुन सक्छ, कम्जोरीका बारेमा ओकलिन सक्छ, निक्रिश्टताका हदहरू छिचोलिन सक्छ, कहिलेकांही त जागिरमा समेत नराम्रो धक्का पुग्न सक्छ। यती धेरै परिणाम बेहोर्नु पर्ने खतराबाट मुक्त हुन मान्छेले आफ्नो हाकिमका बारेमा कमै बोल्ने गर्छन। तर पनि बोल्दै नबोल्ने मान्छे त कमै पाईन्छ। म पनि आफ्ना हकिमका बारेमा बोल्दै नबोल्ने मान्छे होइन। खुलेर, कड्केर हकिमकै अगाडि नारी मिचामिच सम्म त गरिन्न तर बोल्नु पर्ने ठांउमा छोडेजस्तो मलाई अनुभुत छैन। त्यसैले होला हाकिमको निगाहबाट पाइने फाईदाको उपभोक्ता अहिलेसम्म बन्न पाइएको पनि छैन। बरु कैंयुचोटि हाकिमसँग हं मा हं मिलाउन नसक्दा त्यसको भिक्टिम बन्नु परेको छ।
मेरो हाकिमको जागिरे अनुभव म भन्दा करिव एक दशक नै बढी छ। शुरुशुरुमा मलाई हाकिमको जेष्ठता, कामको अनुभव, जिम्मेबारी र कामको भार हेर्दा हाकिम पनि निकै चुष्त, दुरुस्त र दुरद्रिष्टी सहीत फराक बिचार भएको, साना तीना कुरामा नअल्झिने, कर्मचारीको कामको पनि सही मुल्यांकन गर्ने, कर्मचारीलाई पनि मजाले सहयोग गर्न सक्ने होला भनेर अनुमान लगाउनु अस्वभाविक लागेन। स्वभाविक ढंगबाट सोचें। संगत गरे बुद्धीको सुद्धी, कुरोको चुरो र हुपिको पनि गूदी फेला पारीन्छ भनेको मलाई अहिले पो अनुभव भयो त। बिचरा हाकिम, वहाँलाई अहिलेका प्रबिधि माथि त्यती विश्वास छैन। जब हाकिमको काम शुरु भयो क्याल्कुलेटर अगाडि आईहाल्छ। सयौं आइटमहरु जोडन परे पनि त्यही क्याल्कुलेटर सजिलो र भरपर्दो हुन्छ। कम्प्युटरमा भएका एक्स्सेल सिटहरु अनुपयोगी ठहरिन्छन। धन्न कुन देशका बैज्ञानिकले क्याल्कुलेटर आबिष्कार गरिदिएछन नत्र त हाम्रो बित्त हाकिमको काम कसरी चल्दोहो।
एक पटक कार्यालयको पाहुना घरमा कती रात पाहुना सुतेछन भनेर ३, ४, २, २, १ र १३ जोड्नु थियो, हाकिमको क्याल्कुलेटर टेबलमा कगजपत्रले छोपिएछ कि घर्रातिर परेछ वहाँ फट्या फट्या पर्नुभो। भनीहाल्नुभो यहाँको क्याल्कुलेटर कसले लगेछ हिसाब गर्ने बेलामा छैन। भाग्यबस कसो कसो क्याल्कुलेटर फेला पर्नाले मामला साफ भयो। यस्तो त्रिष्ण बुद्दिका हाकिमले माथि भनेको स्तरको काम गरेका बेला यदी कोही कर्मचारी मित्रले काम लिएर जानुभयो र सामान्य हिसाबले अगाडी बढनु भयो भने काममा डिस्ट्रब गरेको नाममा खप्की खान पनि बेर लाग्दैन। यस प्रकृतिका घटना अफिसमा धेरै नै घटी सकेका छन।
हिजो आजको जमानामा पनि यसरी काम गरेर कसरी काम चलाऊन खोजेको होला हाकिम साहेब ले। अझ informal sector त्यही पनि एन जि ओ मा । गजब छ। मलाई त हिजो आज झन गजब के मा लागेको छ भने कार्यक्रममा भए गरेका आर्थिक गतिबिधिको प्रतिबेदन मजाले एक्सल सिटमा गरेर ल्याएर टकार्दा पनि फेरी त्यसैमा पेजका छेउ छाउ तिर कलमले पुन ति हिसाब जोडेर क्याल्कुलेटर थिचेर किचिमिची पारेर पुन म आंफैलाई बुझाउन कोशीस गर्नु हुन्छ। एउटा नम्बरमा ३, ४ चोटि गोलो लगाएको, अण्डर्लाइन गरेको, ब्राकेटले घेरेको, अनी त्यस्तै अन्य कुनै प्रकृया गरी पुन जोदेको। कसरी बुझ्ने हो त्यस्तो, आखिर परिणाम त उत्ती नै हो। यती हुंदा हुंदै पनि तिनै हाकिमले कर्मचारीलाई काममा सफा नभएको, इमान्दारिता नदेखिएको भन्न पछाडि पर्दैनन।
हिजो आजको जमानामा प्राबिधिको यत्रो बिकास भएको छ तर हाम्रो हाकिमको पर्फर्मेन्स भने दिक्क लाग्दो नै छ। जे जसो भए पनि जागिर जांदैन क्यारे यसैमा हाकिम साब्को जए होस्। सार्वजनिक क्षेत्र त्यसमा पनि एन जि ओ का हाकिमको त यस्तो छ भने हाम्रा सरकारी कर्मचारीको हालत झन कस्तो होला ? मुखका दांत सकिन लागिसके, कपालका रौं समेत सेतै भईसके, सरकारी कर्मचारीको जागिर सकिनेवाला छैन। सरकारी कार्यालयमा सेवा लिन जाने ग्राहक कर्मचारीले काम गरेको पारा देखेर थाकिसक्दा समेत कर्मचारीले मेसो पाउदैनन। यस्ता कर्मचारीलाई समालेर जनताको सेवा छिटो छरितो बनाउछु भनेर माओवादीले सत्ता चलाऊन खोजेको के हुन्थ्यो । थाकेर नै होला सत्ता चलाऊन भन्दा आन्दोलन गर्न सजिलो पो भन्न थाले नेताले त। पार्टीले सरकार कसरी चलाऊला भन्ने कुरा एकातिर छंदा छंदै मेरो कुरो हाकिम सितको भएको हुनाले अन्त्यमा म के निष्कर्षमा पुगें भने योग्यता, क्षमतालाई बिचार नगरि काममा लगाइयो भने नेपाल सरकारका अधिकांश कर्मचारी र हाम्रो हाकिम को जस्तो नियती नदोहोरियला भन्न कहाँ सकिन्छ ।
कर्मबीर

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"