शाहादत प्राप्त भाईको नाममा गोप्य चिठ्ठी

भाई कृष्ण ,
अशीम सम्झना एबं शुभ अशिर्बाद
सात समुन्द्र पारीबाट तिमीलाई यो चिठ्ठी पठाएको छू । तिम्रो हातमा यो नपरेपनि मलाई चिठ्ठी पठाए पछि पुग्छ भन्ने आशा भने भई रहने छ । तिमीले जून युद्ध लड़दा बिर्गति प्राप्त गर्यों त्यो युद्धको आज १४ औ जनयुद्ध दिवस देशमा मनाएको ख़बर मैले पनि पत्रिका पढेर थाहा पाए । प्रचंड कामरेड ले जनमुक्ति सेनाको नवलपरासी हात्तिखोर,शिबिर मा भब्य उद्घाटन गर्नु भो रे अनि धूरु धुरु रुनुभो भनेर एउटा पत्रिका ले छाप्यो । पत्रिका ले अली अली बढाउने बानी हुन्छ नै तर कामरेड नरोएपनि तिमिहरू जस्ता हजारौ शहीद हरुलाई सम्झेर उहाको मन धर्क्यो की कुन्नी मैले यसै भन्न सकिन।
  • सम्झेको भए त राम्रै हुने थियो । नसम्झे पनि त के नै लाग्छ र, आखिर यो लोक मा नभएका तिमी र तिमी जस्तै अरु साथी हरु को अब के नै जोड़ चल्छ र ? आख़िर यो दुनिया बाचने हरु को त होनी । समय पनि कति छिटो जाने रहेछ ! तिमी यो संसार बाट बिदा भएको पनि धेरै भई सकेछ । हिसाब गर्दै ल्याउदा आज फागुन १ गते ४ बर्ष २ महिना र १४ दिन पुगिसकेछ । दुश्मन का जल्लाद हरुले तिम्रो प्राण पखेरू उडाएको ख़बर आमाले थाहा पाएको भए त्यो कुरा सजिलइ पचाउन सक्नु हुन्नथ्यो होला । किनकी आमालाई बुझाउना अली गाह्रो थियो । तर बुबाले भने हिम्मत साथ पचाउनु भयो ७३ बर्षको उमेरमा । र ,भन्नु भयोकी मेरा ६ भाई छोराहरू छन एउटा मैले देशको लागी सुम्पे। त्यति मात्र काहा होर, तिम्रो नाममा कुनै पनि प्रकारको शैया पनि दान गर्न मान्नु भएन । हेरत कस्तो हिम्मत आफै पंडित भएर पनि । हाम्रो बिचारमा बुबा पनि सय आना नै सहमत हुनुभो । तिम्रा सहपाठी साथिहरु पनि टाढा टाढा बाट आएका थिए । तर बर्गीय मुक्तिको लागी संगै मरने संगै बाचने कसम खाएर तिमी संगै हीडेका साथिहरु को भने कसैको पनि मुख देखिएन । तेस्मा हाम्रो केही पनि गुनासो रहेन।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"