सहीदको श्राद्ध










शहीदको रगतले श्रापदिन्छ्की हामीलाई !
फोटो
: सहीद परिवार
माघ महीना सबैलाई शाहिद्को फोटोमा माला लगाउन हतार छ । बर्षमा १ पटक यो कर्म पुरा गरिन्छ। श्राद्धको रुपमा । श्राद्धमा बाहून बोलाइन्छ। बाउन्ले २-४ श्लोक पढेपछि पिंडा दीनेकाम हुन्छ । अनि टिको, टालो हुन्छ । बाहुनलाई दच्छिना , अनि श्राद्धगर्नेलाई खीर , काम तमामं ।अर्को बर्षको तिथि सम्म टंटा साफ । शहीद दिबस को तिथि आउछ, ठुलामान्छेहरु जम्मा हुन्छन् । भाषण गर्छन , वर पर बस्नेहरुले ताली बजाउछन । अनि सबै आ आफनों बाटो लाग्छन । बीचरा शहीद तिम्रो रगत ! के सोचेर जुलुसमा गएका थियौ, किन परिवारलाई बिचाल्लिमा पारेउ? अनि तिम्रो साहादत ले कसको पिडामा मलम पट्टी लगायो ? तिम्रो सपना काहा गयो खोई सायद तिमीलाई यो कुरा को पत्तो छैन । पत्तो भएपो केनै गर्न सक्छौ र ।कबि भूपी सेरचन्को कबिता ले तिमीलाई सुर्यायो, अनि दश बर्षे जनयुद्ध ले तिमीलाई सीकायो। मिर्त्यु वा मुक्तिका दर्शन ले तिमीलाई ओतप्रोत बनायो । बर्गीय युद्धमा तिमी होमिएऊ । दुश्मन को किल्ला माँ धावा बोलेउ । अहिले तिम्रो भागमा मनिसहरूले बासी अंडा चढाई दिन्छन । तिमीले गौरबमय मृतु बरन गर्दा हामी शहीद परिवार भएको मा गौरब गर्दथेउ तर अहिले कुरा धेरै फीका भई सकेको छ । तिम्रो महानता पानी भन्दा पनि पातलो भई सकेको छ । प्रतीछ्या गर अर्को माघमा तिम्रो नाममा पुन: कसैले भाषण गर्ने छ ,र केहिले पुन ताली बजाउने छन । आजलाई बिदा ! । अब फागुन २ गते भेट गरौला । तिमीलाई थाहा नहुने कुरै भएन, त्यो दिन जनयुद्ध दिवस हो नि त ! । तिम्रो यादमा !
उदय गौतम
माघ 16 , डेनमार्क

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"