स्विट्जरलैंड मा साम्राज्यबाद बिरुद्ध भब्य प्रदर्शन




जेनेभामा शनिबार ३१ जनवरी २००९ का दिन भब्य विरोध अर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्विट्जरल्यान्डका कम्युनिष्ट पार्टी, मजदुर पार्टी, टर्किस कम्युनिष्ट पार्टी (माओवादी) ,नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस )स्वीजरल्याण्ड तथा अरु प्रगतिसिल संघ, सस्था हरु द्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो । स्विट्जरल्यान्डको डाभोस सहरमा भइरहेको 28 January, 1st Feb, 2009 विश्व आर्थिक मंचको (World Economic Forum)को वार्षिक बैठकको संदर्भ पारेर आयोजना गरिएको उक्त बिरोध प्रदर्शनमा साम्राज्यवाद तथा चरम पूंजिवादको घोर भत्सर्ना गर्दै संसारभरिका मजदुर तथा मुक्तिकामी जनता एक हुंदै नयां विश्व निर्माणको लागि संर्घसको आंधिबेहरी सृजना गनुपर्नेमा व्यापक जोड दिइएको थियो । विश्व साम्राज्यबादीहरुले बिभिन्न जातजाती ,धर्म र बर्गको बिचमा लडाईं मच्चायर विश्वलाई नै युद्धमय बनाई आफ्नो स्वार्थ पुरा गर्न उद्धत रहेको छ । अहिले तिदेश हरुमा देखिएको आर्थिक संकट त्यसको ज्वलन्त उदाहरण हो। बिश्वको गरिब असहाय तथा बिपन्न बर्गको हितमा ध्यान केन्द्रित गर्नुको सट्टा युद्ध ,भय ,हतियार अनी धर्म र क्षेत्रको नाममा गरेको कायरता पूर्ण निर्दोश जनताको नरसंहारले आगामी दिन अझ बिकारल बन्दै जाने निस्चित छ । अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवाद को होडबाजी बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो भने सो अबसरमा बोल्ल्ने बिभिन्न संघ सस्था का प्रतिनिधि हरु ले यस लाई तुरुन्त बन्द गरिनु पर्ने कुरा मा जोड दियका थिय। यसै सन्दर्भ मा स्विस का भुत पूर्व मन्त्री जिन जिग्लर(Jean Ziegler) ले डाभोस मा हरेक बर्ष हुने विश्व आर्थिक मन्च को बैठक लाई तुरुन्तै बन्द गर्न जोडदार माग गर्नु भयो। उहाले अगाडि भन्नु भयो"यो सर्कस तुरुन्तै बन्द गर्नु पर्छ र सदा को लागि बन्द हुनु पर्छ"।मार्क्सबाद ,लेनिनबाद , माओवादी तथा प्रचन्डपथ जिन्दाबाद ,नेपाल कम्युनिस्ट पार्टी माओवादी लेखिएको ब्यानर बोकेर सो कार्यक्रमा मा नेपाली ऐक्यबद्धता मन्च को टोली अग्र स्थानमा उभियको थियो भने उक्त ब्यानर सबै को आकर्शण र जिज्ञासा को केन्द्रबिन्दु बनेको थियो । प्रहरी प्रशासनको ब्यापक धरपकडका बावजुद पनि हजारौको संख्यामा जनसहभागीता रहेको थियो। कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि नेपाली ऐक्यबद्धता मन्चका केही सदस्यहरुलाई सुरक्षा कर्मी ले नियन्त्रण मा लियर सामान्य सोधपुछ पछी छोडेको थियो । स्थानिय प्रशासन ले बिरोध प्रदर्सन(कोण सभा)को लागि अनुमती दिय पनि जुलुस सहित नगर पारीक्रमा गर्न अनुमती दियको थियन प्रशासन को सो निर्णयको बक्ता हरु ले कडा शब्दमा बिरोध र भत्सर्ना गरेका थिय। दिउसो २.00 बजे सुरु भयको कोणसभा ४.00 बजे सम्म चलेको थियो। सभा को समापन पछी केही प्रदर्सन कारी हरु ले सुरक्षा कर्मी को घेरा तोडेर जुलुस अगाडि बढायपछी परिस्थिती ले उग्ररुप लियको थियो भने स्थिती लाई साम्य बनाउन सुरक्षा कर्मी ले लाठी चार्ज,सयौ राउण्ड अश्रुग्यास तथा पानी का फोहोरा प्रयोग गर्नु परेको थियो।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"