भुटेको मकै, नेपाली चिया, त्यस्पछी मनका कुरा र हाम्रा वास्तविकताहरु

गणेश ढकाल १३ जनवरी २००९ डेन्मार्क आज बिहान् ३ नै बजे निन्द्राले छोड्यो। अचम्म, यती बिहानै भोक लाग्यो, बच्चा जस्तो ! उठेर फ्रिजमा चियाये। आ,चिसो केही खान मन लागेन। तातो खाना बनाउने जागर पनि हुनु पर्यो नि! के खाने? एसो हेरेको, फुल उठ्ने मकै फेला पर्यो। छोटो मिठो, मेहनत पनि नपर्ने। तल्तल् पनि मेटिने । मकै भुटेको ,त तावा भरी फुल उठ्यो। नेपाली चिया पनि फेला पर्यो, अनी दूध राखेर चिया पकाइयो । थाल भरी मकै र चिया लिएर फेरी ओछ्यानमा गाइयो। टेबलमा बस्न अल्छि लाग्यो। ल्यापटप कम्प्युटर काख्मा राखेर बसियो। शायद हिजो राम्रोसँग आरम गरिएछ । काममा गएको दिन त निकै थाकिङ्छ। हुन त हप्तामा ३ दिन मात्र काम गरिन्छ। तर, एकै दिनमा धेरै घण्टा गरिन्छ र एकहप्तामा ३७ घण्टा पुगिहाल्छ ३ दिन काम गरेपछी। डेन्मार्कमा एक ब्यक्तिले गर्ने पूर्णकालिन काम ३७ घण्टा अर्थात १ महिनमा १५१ घण्टा नै हो। ओवर टाईम गरे छुट्टै, नत्र यती नै हो। मलाई ओवर टाईम गर्न मनै लाग्दैन। पत्रपत्रीका, किताब नपदी हुँदैन। हप्तामा २ दिन जम्मा छ घण्टा भाषा क्लास गाइन्छ । साथी भाई भेट्ने, कुरा कानी गर्नै पर्यो,। साईकल चदेर् कहिले काही ब्ययम पनि गर्नै पर्यो। ईन्टरनेट ले गर्दा टाईम बिताउन सजिलो छ। तर कहिलेकही त सार्है एक्लोपन हुन्छ र दिक्क पनि लाग्छ। फेरी नेपालको खबर पनि प्राय निराशाजनक नै हुनेगर्छ। राजनीतिमा अग्रगामी शक्ती र यथस्थितिबदी शक्तिबिच, राष्ट्रबादी र राष्ट्रघाती शक्ती बिचको लडाईंले देशलाई सन्क्रमन कालमै जगडेको छ। अगाडि बद्नै शक्दैन। बडो आफ्टरओ पेरिस्थिती छ। आज मलाई केही लेख्न मन लागेको छ। के लेख्ने ? लेख्ने बानी पनि छैन। यहाँ आए पछी अल्छि भाईयो। आ, जे लेखे पनि भई हाल्छ नि जागर भये, कती छन् छान् मनमा कुराहरु, लेखेर नसकिने ।हिजो विद्यार्थी साथीहरुले फोन गरेर काम पाइएन, काम खोज्दिनु पर्यो भननु भयो। धेरै साथीहरुको काम छैन। डेरा भाडा तिर्ने पैसा छैन। कलेजमा एक बर्षमा सतरी हजर क्रोनर बुजाउनु पर्छ। वोर्क पर्मिट नबएकोले पाकिस्तानी, इराकी एजेन्टबाट काम खोज्नु पर्छ। धेरै घण्टा काम लगाउने, थोरै पैसा दिने, त्यही त हो नि तिनिहरुले गर्ने । एक साथीले त भन्दै थिए, दाई काम पाये त एक दिन्मा १८ घण्टा पनि गर्थे। उन्ले रहर्ले यशो भनेका हैनन। डेन्मार्क आउँदा १२ लाख रिन ,अनी यहाँ काम छैन। कलेज फीस, कोठा भाडा, सवारी भाडा, कसरी तिर्नु? कहिले काही त साथीहरुलाई भन्ने पनि गर्छु - तपाईं हरु जस्तो जाने बुझेको योग्य मान्छेले त अली यहाँको बारेमा बुझेर आउनु पर्थ्यो नि । उहाले कसरी लिनु हुन्छ कुन्नी, मलाई थाहा छैन ? तर धेरै बिबसता देखेको छु मैले त। तर, बेलाबेलामा हिम्मत दिने पनि गरेको छु 'आसावादी हुनुहोश। केही त होला नि दुख गरे पछी।'वोर्क पर्मिट(work permit) भएक केही साथीलाई त काम पनि मिलाइएको छ केही पहिले। तर, अहिले युरोपमा आर्थिक मन्दिको प्रभाव पर्न थालेको छ। मैले काम गर्ने कम्पनिमा पनि धेरै कामदारर्लाई कामबाट बिदा दिएको छ। Full Timer लाई Part Time को contract गरएको छ। मेरो केही लाग्दैन। मलाई पनि त त्यसै गर्न शक्छ कुनै दिन । तर पनि, सहयोग गर्ने इच्छा छ। सकिदैन। पर्देश्को ठाउँ । दु:ख पनि लाग्छ। जस्को मुख हेरे पनि उस्तै, काम भेटे पनि तेश्रो दर्जाको, भन्नै नमिल्ने। पढे लेकेका साथीहरु, घरमा खाएको थाल पनी आमा दिदी बहिनी लाई मजाउन पल्केका हामी नेपालीहरु। हुन त सबैका आ आफ्नै बाध्यताले आएका हौ हामीहरु। तर सोचे जस्तो छैन यहाँ। प्राय साथीहरु देसमै राम्रो बिकल्प भये आजै घर फर्किने थियोउ भन्छन।एक महिला साथीसँग केही महिना पहिले भेट भयो। उनी नयाँ रहेछिन। डेनिस् परिवारमा caretaker मा आउनु भएको रहेछ। मलाई सहयोग गर्न मन लाग्यो। नयाँ हुँदा कती गार्हो पर्छ यूरोप जस्तो ठाउँ हैन ? मलाई पनि त कती गर्हो परेको थियो। त्यही शम्झेर धेरै नै शाहयोग गरे। फेरी मेरो स्वभाव पनि कसैले आफ्ना समस्या खुलेर भन्यो भने भयेभरका उपायहरु लगाएर सकेको समाधान गर्नै पर्छ। मन अली कमलो छ र यस्तै हुन मन पर्छ। शायद अली बढी नै भबुक छु होला। स्वभबैले महिलाले भने पछी त नो भन्न पनि सकिदैन। तर उहालाइ त आफ्नो परिवार बाहेक नेपालको कोही कसैको पनि मत्लब छैन रे। उहाको आमाले त हरेक पटक फोन गर्दा छोरी नेपाल फर्केर नआउने उपाय खोज है भनेर भन्दी रहेछिन ।मैले त्यो त राम्रो कुरा भएन भनेर भन्दा, उनी भन्छिन उनलाई नेपाल र नेपालीको मुख पनि हेर्न मन लाग्दैन रे, नेपालको केही कुरै मन पर्दैन रे । जुन प्रसङगमा भने पनि मैले सच्याऊन भने तर बुझाइ नै बदो अचकल्तो रहेछ। बिचरा आमा पनि साधारण शिक्छा त पाएकै ब्यक्ती होलिन। छोरी नेपाल नै नआये पछी त आफ्नै छोरी आँफैलाई पनी के काम vayo त ? कस्तो शिक्ष्या ले उहालाई प्रभाव परेको होला? हुन त उहाहरुले सबै नेपाली आमा छोरीको प्रतिनिदित्तो त पक्कै पनि गर्दैन, त्यही पनि अचम्म लाग्यो। उहा त आफ्नो परिचयबाट भन्दा बिदेशी सस्कृतिबाट नेपालमै हुँदा प्रभाबित हुनु बएको रहेछ। राजाको दरबार भात्काउन भन्दा मान्छेको मनको दरबार भात्काउन धेरै गार्हो हुदो रहेछ। त्यस्पछि त मैले उन्लाई सतर्कतापुर्बक सहयोग गर्न थाले, संपर्क गर्न पनि कम गर्न थाले, जस्लाई मैले असाध्य राम्रो नियत राखेर नेपाली चेलीको हिसाबले सहयोग गरेको थिए । तर यस्मा उन्को मात्रै दोश छैन भन्न्ने लाग्छ मलाई। हुन त सत्ता जे जस्तो भये पनि देशले हरेक नागरिकलाई धेरै थोरै लगानी गरेको हुन्छ। तर देशकै नागरिक ले देश प्रती यसरी बेवास्त गर्नु दुर्भाग्यपूर्ण कुरा हो। अचतना को उपज हो जस्तो लाग्छ। एऊटी शिक्छित महिलालाई यस्तो शिक्छा दिनु र आफ्नो परिछय दिन नसक्नु, देशको भन्दा बिदेश र बिदेशिको परिचय बदी दिनु भनेको देशकै कम्जोरी हो। बिदेशी संस्क्रिति लाई बिक्रित रुपमा भित्रऊनु, र शिक्छा वा संचारमा बिदेशी सामाग्री को प्रचार प्रसार गर्नु देशकै कम्जोरी हो। त्यसैले मलाई लाग्छ एक नागरिक शिक्छित हुनु र सचेत हुनु फरक कुरा हो। Educated सबै मान्छे सचेत हुँदैनन। मैले Ph।D गरेका केही महामानबहरुका मुखबाट पनि यस्तै कुरा गरेको शुनेको छु। मलाई यस्ता कुराले धेरै दु:ख लाग्छ। म कल्पना पनि गर्न पनि सक्दिन। शुन्न पनि चाहन्न। हामीहरु आफ्ना वास्तविकता भन्दा अरुको तथाकथित नक्कल गर्न चाहन्छोउ र अन्तत परिचय बिहिन बन्न पुग्छोउ। यस्तो गम्बीर गल्ती त कसैले पनि नगर्नु नि है। ओहो बिहान्को ८ बज्यो। तर अध्यारो नै छ। साचै उज्यालो त ९ बजे पो हुन्छ। अनी अध्यरो चाँही ३ बजे। तापक्रम ठिकै रएछ। १ डिग्री। त्यती जाडो छैन। अली पछी त ४ घण्टा मात्र उज्यालो तर लोड शेद्दिङ चाँही १ सेकेनड पनि भएको थाहा छैन । अब नुहौनु पर्छ। लेख्न बन्द गर्नु पर्यो।
मेरो मनका गन्थन सुन्ने साथीहरुलाई धेरै धेरै धन्यवाद !लोड शेद्दिङ बिना को नयाँ नेपाल र नागरिक सुरक्छा को ग्यरेन्टी जिन्दाब।द!!!

Comments

  1. dai ramro chha .... aba blog ramro hunchha jhan... keep it up...

    ReplyDelete

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"