Posts

Showing posts from November, 2018
आमालाई चिट्ठी मिती- २०६६- बैशाख १२ गते मातातिर्थ औंशी आमा ! पृथ्वी लोक बाट साष्टाङ दण्डवत । आमा तिम्ले भौतिक रुपमा हामी सम्पूर्ण परिवारजनलाई छोडेर गएको पनि ५ बर्ष भई सक्यो। आमाका ईच्छा पुरा भए कि भएनन भन्ने कुरामा हामी सबै जनहरु सोचनिय छौं। आज मातातिर्थ औंशीको दिन आमालाई सम्झेर आफ्ना भावना उतार्न भनेर म कान्छो छोरो कण्ठु कापी कलम लिएर बसेको छु।पहिला त आमाको आत्मालाई शान्ती मिलोस भन्ने कामना गर्दै घरपरिवारको सन्चो बिसन्चो का बारेमा केही कुरा लेख्छु।सबै भन्दा पहिला त मनले लेख्न पनि नदिने, भन्न पनि नसक्ने र अझै पनि स्विकार गर्न नचाहने तर यथार्थका बारेमा नै भन्नु पर्दा मन त्यसै मर्माहत भएको छ। आमाको स्वास्थ्य समस्या बिशेष गरी दम, ब्लड प्रेसर र आँङ खस्ने थियो। पछील्लो समयमा दमले आमालाई निकै गाल्यो।धेरै सन्तान जन्माउनु, समयमा उचित औषधोपचार र स्वास्थ्यको रेखदेख पनि नहुनु, गर्‍हुङगा भारी बोक्नु पर्ने कारणबाट नै आमालाई निकै अप्ठ्यारो भयो।उपचार गर्दा गर्दै पनि आमाको स्वास्थ्य समस्या नै गम्भिर भएका कारणले हामीलाई अली छिट्टै नै छोडेर जानु पर्‍यो। तर पनि आमाले गर्नु प