मेरो कमरेड 


बिचित्रको राजनीति अचम्मका नेता,

भविष्यका सन्ततिले नजानु है त्यता। 

मिल्दा खेरि मेरो कमरेड नमिल्दा त पाजी,

कोहो काजी, को हो पाजी छैन मत राजी।


नाम मेरो जनता हो, परर पार्छु ताली,

कहिले यता कहिले उता इज्यत भयो खाली। 

कामकुरो एकातिर झण्डा बोक्यो हिंड्यो ,

गांण कोर्यो ,भित्तो फोर्यो, आपसमा भिड्यो। 


जनताको नाममा अझै कति भाषण गर्ने,

रातोदिनका सत्तो सराप हाम्ले सुन्नु पर्ने। 

क्रान्ति गर्यो ,तल झर्यो ,चढ्यो चिल्लो गाडी 

जेल बस्यो ,दरबार पस्यो, युवा जति खाडी।


राजनीतिको पसलमा इमान भयो एक्लो,

चित्र उही ,चरित्रमा सत्तो सराप बाक्लो। 

प्रजातन्त्र लोकतन्त्र अझै के के तन्त्र,

खुट्टी देखि पत्याउने समाजवादको मन्त्र 

 

देस भयो महा गरिब राजनीतिमा रोगी,

काम गर्नलाई जाँगर छैन हुन लाग्या जोगी।

Devi Gautam 

 

 

 


Comments