Posts

Showing posts with the label नयापत्रिकाबाट

दिनभर गाँजाको खपत र बाबाको तमासा

Image
शिवरात्रिका बेला पशुपति पुगेका युवालाई गाँजा वितरण गर्ने जोगीहरु र तिनलाई घेरेको भिँडले दिनभरी दर्शनार्थीको ध्यान आकर्षित गरिरह्यो। यी बाबाहरु पशुपति पूर्वको डाँडामा लहरै बसेका थिए। उनीहरू मध्ये केहीलाई प्रहरीले समाते पनि अधिकांशले दिनभर गतिविधि जारी राखेका। यसरी युवालाई उकास्नेमा स्वदेशी र भारतिय दुबै तर्फका बाबाहरु थिए। सयौंको संख्यामा नेपाली युवा युवतीले घेरिएका ति बाबाहरु बेहोस अवस्थामा देखिन्थे। करिव २० जना त्यस्ता बाबाहरुका कारण त्यहाको परिवेश विथोलिएको थियो। युवाहरु उनीहरुलाई अपशब्द बोलेर जिस्काउदा बाबाले ढुङगा र लठी घुमाएर हान्थे र भागाभाग मच्चिन्थ्यो। गाँजाको नसामा मस्त उनीहरु सबै लुगा फुकालेर नाङ्गै हुन्थे र त्यस्तो बेला झन् सबै युवा रमाउँथे। यो क्रममा थुप्रै युवा युवती घाइते भए पनि गाँजाको लोभले उनीहरुले त्यो ठाउँ छाडिरहेका थिएनन्। सुरक्षाकालागि खटिएका प्रहरी पनि त्यहाँ रमिते थिए। त्यो हुललाई दिक्क मानेर हेरिरहेकी स्थानीयवासी लक्ष्मी गिरी आफ्ना छोरा पनि त्यतै छन् कि भनेर चिन्तित थिइन्। एक युवक राजन पाण्डेका अनुसार गाँजाको उपभोग यसपाला अघिल्ला वर्ष भन्दा बढी थियो। पूर्ण नियन्...