खडेरी हटाउन भ्यागुताको बिहे
दोलखा, चैत ४ - खडेरीले मर्कामा परेका किसानहरूले पानी पर्ने आसमा भ्यागुताको बिहे गराइदिएका छन् । लामो खडेरीले पीडित जिल्लाको जुगु-४ गैरीका किसानले भ्यागुताका भालेपोथीलाई मन्दिरमा राखेर विधिवत् विवाह गरिदिएका हुन् । विवाह समारोहमा भाग लिन सोमबार स्थानीय नेगेश्वरी कालीकास्थान मन्दिरमा गाउँलेको भीड लागेको थियो । सिप्ले खोलाबाट खोजेेर ल्याइएको भाले र चुकेपानी खोल्छाबाट ल्याइएको पोथी भ्यागुतालाई गाउँका सात पण्डितले विवाह गरेका थिए । ती पण्डितले गाउँका तीन मन्दिरमा रुद्री र बिहेस्थलमा एकाह पुराण लगाए । पानी नपरेर खेतीलाई असर गर्दै गएपछि प्रतिपरिवार २० रुपैयाँका दरले संकलन गरी बिहे गरिएको पण्डित विष्णुप्रसाद न्यौपानेले बताए । पोथी बनाइएको भ्यागुतालाई कन्या केटीद्वारा चुरा पोते र रातो घुम्टोले सिंगारिएको थियो । भालेलाई बेहुलाको पहिरनमा पहिर्याएपछि विवाहकर्म थालिएको न्यौपानेले बताए । उनले पाँच वर्ष अघि भ्यागुताको बिहे गर्दा पानी परेको बताए । बिहेको भोज खान गाउँका युवा, वृद्ध, महिला, केटाकेटी उत्साहका साथ भेला भएका थिए । सबैले बिहे भोजस्वरूप हलुवा र चिया खाएको बताउँदै विष्णुप्रसादले भने, 'पण...