Posts

Showing posts with the label आगन्तुकको कलम

भुटेको मकै, नेपाली चिया, त्यस्पछी मनका कुरा र हाम्रा वास्तविकताहरु

गणेश ढकाल १३ जनवरी २००९ डेन्मार्क आज बिहान् ३ नै बजे निन्द्राले छोड्यो। अचम्म, यती बिहानै भोक लाग्यो, बच्चा जस्तो ! उठेर फ्रिजमा चियाये। आ,चिसो केही खान मन लागेन। तातो खाना बनाउने जागर पनि हुनु पर्यो नि! के खाने? एसो हेरेको, फुल उठ्ने मकै फेला पर्यो। छोटो मिठो, मेहनत पनि नपर्ने। तल्तल् पनि मेटिने । मकै भुटेको ,त तावा भरी फुल उठ्यो। नेपाली चिया पनि फेला पर्यो, अनी दूध राखेर चिया पकाइयो । थाल भरी मकै र चिया लिएर फेरी ओछ्यानमा गाइयो। टेबलमा बस्न अल्छि लाग्यो। ल्यापटप कम्प्युटर काख्मा राखेर बसियो। शायद हिजो राम्रोसँग आरम गरिएछ । काममा गएको दिन त निकै थाकिङ्छ। हुन त हप्तामा ३ दिन मात्र काम गरिन्छ। तर, एकै दिनमा धेरै घण्टा गरिन्छ र एकहप्तामा ३७ घण्टा पुगिहाल्छ ३ दिन काम गरेपछी। डेन्मार्कमा एक ब्यक्तिले गर्ने पूर्णकालिन काम ३७ घण्टा अर्थात १ महिनमा १५१ घण्टा नै हो। ओवर टाईम गरे छुट्टै, नत्र यती नै हो। मलाई ओवर टाईम गर्न मनै लाग्दैन। पत्रपत्रीका, किताब नपदी हुँदैन। हप्तामा २ दिन जम्मा छ घण्टा भाषा क्लास गाइन्छ । साथी भाई भेट्ने, कुरा कानी गर्नै पर्यो,। साईकल चदेर् कहिले काही ब्ययम पनि गर्नै पर...