शाहादत प्राप्त भाईको नाममा गोप्य चिठ्ठी
भाई कृष्ण , अशीम सम्झना एबं शुभ अशिर्बाद सात समुन्द्र पारीबाट तिमीलाई यो चिठ्ठी पठाएको छू । तिम्रो हातमा यो नपरेपनि मलाई चिठ्ठी पठाए पछि पुग्छ भन्ने आशा भने भई रहने छ । तिमीले जून युद्ध लड़दा बिर्गति प्राप्त गर्यों त्यो युद्धको आज १४ औ जनयुद्ध दिवस देशमा मनाएको ख़बर मैले पनि पत्रिका पढेर थाहा पाए । प्रचंड कामरेड ले जनमुक्ति सेनाको नवलपरासी हात्तिखोर,शिबिर मा भब्य उद्घाटन गर्नु भो रे अनि धूरु धुरु रुनुभो भनेर एउटा पत्रिका ले छाप्यो । पत्रिका ले अली अली बढाउने बानी हुन्छ नै तर कामरेड नरोएपनि तिमिहरू जस्ता हजारौ शहीद हरुलाई सम्झेर उहाको मन धर्क्यो की कुन्नी मैले यसै भन्न सकिन। सम्झेको भए त राम्रै हुने थियो । नसम्झे पनि त के नै लाग्छ र, आखिर यो लोक मा नभएका तिमी र तिमी जस्तै अरु साथी हरु को अब के नै जोड़ चल्छ र ? आख़िर यो दुनिया बाचने हरु को त होनी । समय पनि कति छिटो जाने रहेछ ! तिमी यो संसार बाट बिदा भएको पनि धेरै भई सकेछ । हिसाब गर्दै ल्याउदा आज फागुन १ गते ४ बर्ष २ महिना र १४ दिन पुगिसकेछ । दुश्मन का जल्लाद हरुले तिम्रो प्राण पखेरू उडाएको ख़बर आमाले थाहा पाएको भए त्यो कुरा सजिलइ पचाउन ...