गड़बड़ मचाउने हरुलाई

गणेश ढकाल

पहिलो पटक एउटा कबिता लेख्न मन लागेको छ,
तपाईंहरुलाई नव बर्षको शुभकामना दिन मन लागेको छ,
मनमा उकुस मुकुस भावनाहरु छरपस्ट भएका छन,
कहाँबाट सुरु गर्ने, मलाई ठम्याउन गार्हो परेको छ ।
पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनु छ ।

हामी सबै मिलेर सँगै बस्नु छ,
नेपाली हुनमा गर्व गर्नुछ,
आफ्नो हित र अहित छुट्याउनु छ,
भ्रम र झूटको खेतीलाई यसपाली नस्ट गर्नुछ।
शिक्षित बनेर चेतनशील नागरिक बन्नुछ,
चेतनशील बनेर नागरिक कर्तब्य पुरा गर्नुछ,
देशमा नयाँ चेतनाको बिकास अझ गर्नुछ,
नेपाललाई समुन्नत राष्ट्र बनाउनुछ।
बिश्वलाई अर्को चमत्कार देखाउनु छ।

पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष२०६६ को शुभकामना दिनुछ ।
हामीले देसलाई नयाँ आधारमा एकीकरण गर्नु छ,
भावनात्मक एकतालाई सुध्रिढ गर्नुछ,
संघियताको मर्मलाई आत्मसाथ गर्दै राष्ट्रियतालाई जोड दिनुछ,
बर्गसंघर्सको कडिलाई जोड दिदै जातिय मुक्तीमा फड्को मार्नुछ।
जनाताको संबिधान लेख्नुछ।
शिक्षा, रोजगार र स्वास्थ्यको ग्यारेन्टी हुने,
नयाँ नेपाल समुन्नत राष्ट्र बनाउनुछ।
पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनुछ ।

आफुलाई नै पार्टी, देस र सर्वेसर्वा ठान्नेहरुलाई,
बाडेर खान नचाहनेहरुलाई,
लोभिपापी र अहन्कारीहरुलाई,
आफु सिन्को नभाच्नेहरुलाई,
राम्रो काम गरेको देख्न नसक्नेहारुलाई,
तिललाई पहाड बनाउनेहरुलाई,
गडबड मात्र मच्चाउनेहरुलाई,
ठीक लगाउनुछ।
भ्रस्टचार मुक्त नेपाल बनाउनुछ।
पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनुछ ।

बेपता नागरिक जसरी पनि सार्वजनिक गर्नुछ,
हत्यारा अधिकारीहरुलाई जेल हाल्नुछ,
बेपत्ता र शहीद परिवारका आशु पुछ्नुछ,
उनीहरुका सपना पुरा गर्नुछ।
बन्द, हड्ताल स्थायी रुपमै अन्त्य गर्नुछ,
अराजकता र दण्डहिनतालाई सधैंको लागी निर्मुल गर्नुछ,
सुन्दर देसलाई शान्ती स्थल बनाउनुछ,
हामी आफ्नै खुट्टाले टेकेर उभिनुछ,
स्वाभिमानी नेपाली बन्नुछ,
बिदेशबाट घर फर्कनुछ।
पहिलो कुरो त तपाईंहरु सम्पूर्णलाई नव बर्ष २०६६ को शुभकामना दिनुछ।

Comments

Popular posts from this blog

War for Peace

cultural show in Illinois University ,United States

खतरामा जीवन