अंकल भन्ने होकी !



बाल्यकालको चर्तिकला जेगरे नि राम्रो
हास्न खेल्न् पाइएन बिछोड भयो हाम्रो


बाध्यातामा बिदेसिदै मन पारी चाम्रो
मन मारेर धन कमाउने कस्तो कर्म हाम्रो


छोरा सित खेल्न पाइएन कस्तो मेरो जुनी
जसको बच्चा देखे पनि झल्को उस्को लाग्ने


माया लाग्छ अतीसारो फोन मलाई गर्छ
कुरा गर्न नपाउदै कहिले आउने भन्छ


कतारमा कती बसौ मन्का ईच्छा रोकी
छिट्टै जाने भनेको छु राजिनामा ठोकी

यो बर्षमा घर जान्छु मन्मा खुशी बोकी
छोराले नि अंकल भन्ने होकी !
अंकल भन्ने होकी !!

बिष्णु आचार्य

गुल्मेलीदोहा, कतार

Comments

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

cultural show in Illinois University ,United States

खतरामा जीवन