डाँफेचरी गाउँदैछिन् हिमालमा



डाँफेचरी गाउँदैछिन् हिमालमा

भो सङ्घीयता चाहिँदैन नेपालमा



चरी तिमी गाइरहु डालीमाथि बसी

कुनचाहीँ स्वार्थ लुकेको छ सङ्घीयताको पछि

सोच–बुझ जनताले सङ्घीयता के हो ?


डाँफे चरी गाउँदैछिन हिमालमा,

भो सङ्घीयता चाहिँदैन नेपालमा


नेपाल हाम्रो सयौँ फूलको साझा फुलबारी

सानो–ठूलो छैनौँ कोही सबै बराबरी



तेरो–मेरो भु किन नेपाल हाम्रो हो भनौँ

ठिक छ, छैन सङ्घीयता सच्चा मनले गुनौँ



कोइली चरी गाउँछिन्् पहाडमा

सङ्घीयता चाहिदैन नेपालमा

डाँफे चरी.........................


.इतिहासले धिकार्ने छ फेरि गरे भूल

जवरजस्ती नफुलाउ भो नसुहाउने फूल



एकात्मक, विकेन्द्रीकृत राज्य सत्ता राम्रो

गणतन्त्रको सुदृढिकरण यहि चाहाना हाम्रो



मैना चरी गाउँदैछिन् तराईमा

भो सङ्घीयता चाहिँदैन नेपालमा

डाँफे चरी .........................

.तराईलाई ‘कोशोभो’ हुनबाट बचाउँनु छ

आजसिंगो नेपाल ‘भुटान’ होला जोगाउँनु छ



आजसयौँ फूललाई मिलाएर राख्नु पर्ने ठाउँमा

सिङ्गो माला टुक्रायाउँदै छ सङ्घीयताको नाउँमा



न्याउली चरी रुँदैछिन् पहाडमा

भो सङ्घीयता चाहिदैन नेपालमा

डाँफे चरी...........................

नभूलभो चोलो–भोटो भो अर्काको पहिरन

चाहिदैनभो नेपालमा सङ्घीय त्यो शासन

बालुवाको महल जस्तै कोरा त्यो कल्पना

सङ्घीयताले टुक्रिन्छ नि राष्ट्रिय भावना



मैनाचरी रुँदै छिन् तराईमा

सिङ्गो देश नजाओस पराईमा

डाँफे चरी ............................

आज देश बनेको छ, टाँकी फूल भीरको

सङ्घीयता काल–ज्वरो हो सगरमाथा शीरको



सचेत भै स्वविवेकले जनता उठनुपर्छ

मुक–दर्शक नबनेर हामी जुट्नु पर्छ

डाँफे चरी गाउँदै छिन् हिमालमा

भो सङ्घीयता चाहिँदैन नेपालमा
गणतांत्रिक नेपालको माग संघियता भएतापनी रचानाकारको स्वोतन्त्रताको कदर गर्दै प्रकाशित -ब्लोगर
Chakrapani sharma(poudel)

post box:- 24200 Doha Qatar

Comments

  1. डाँफेचरी गाउँदैछिन् हिमालमा

    भो सङ्घीयता चाहिँदैन नेपालमा
    गोविन्दा जी बहुत राम्रो कविता लेख्नु भो ! राम्रो लाग्यो धन्यवाद .
    राज ढकाल दुबइ बाट

    ReplyDelete
  2. नभूलभो चोलो–भोटो भो अर्काको पहिरन

    चाहिदैनभो नेपालमा सङ्घीय त्यो शासन

    बालुवाको महल जस्तै कोरा त्यो कल्पना

    सङ्घीयताले टुक्रिन्छ नि राष्ट्रिय भावना
    यो लेख कविता बहुत राम्रो लाग्यो ! धन्यवाद गोविन्द जी
    राज ढकाल दुबइ बाट

    ReplyDelete

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com