Posts

डेनमार्कको निर्बाचनको परिणाम र आप्रवासीहरुको चासो   डेनमार्कमा यहि नोभेम्बर १ तारिकमा संसद्को निर्बाचन सम्पन्न भएको छ। बेलुकी ८ बजे सम्म मतदानस्थलहरु खुलै थिए। १२. ३० बजे सम्म देसभरका सबै मतहरु गनेर परिणाम प्राप्त भै सकेको थियो। ०५ ओक्टुबरमा निर्वाचन मिति घोषणा भए देखि निर्वाचन परिणाम घोषणा हुन २६ दिन लाग्यो। अर्थात बाहिरबाट हेर्दा सधैं चमत्कारिक ढंगबाट निर्बाचन सम्पन्न हुन्छ यहाँ। आम निर्वाचनमा सोसियल डेमोक्र्याट पार्टीले नेतृत्व गरेको रेड ब्लकको गठबन्धनले  यस पटक पनि ८७ सीटमा जीत सुनिश्चित गरेको छ।    बिगतको तुलनामा बर्तमान प्र म मेट्टे फ्रेड़ेरिक्शनले नेतृत्व गरेको सोसल डेमोक्र्याटले संसदमा दुइ सीट बढाएर ५० सीट बनाएको छ।  १७९ सदस्सीय संसदमा एकल बहुमत प्राप्त गर्न कुनै पनि पार्टीले ९०  सीटमा विजयी बन्नु पर्दछ। समानुपातिक प्रणालीको कारण एउटै पार्टीले यस्तो नतिजा प्राप्त गर्न सहज भने छैन। फारो आइल्याण्ड र ग्रीनल्याण्डबाट ४ संसद सदस्यले डेनिस संसदमा प्रतिनिधित्व गर्दछन। ४ मध्य ३ सीट रेड्ब्लकको पक्षमा छन्।   यहाँको संसदलाई 'फोल्केटिंग' भनिन्छ।  रेड्ब्लक ९०, ब्लुब्लक ७२ र मध्य दक्ष
मेरो कमरेड  बिचित्रको राजनीति अचम्मका नेता, भविष्यका सन्ततिले नजानु है त्यता।  मिल्दा खेरि मेरो कमरेड नमिल्दा त पाजी, कोहो काजी, को हो पाजी छैन मत राजी। नाम मेरो जनता हो, परर पार्छु ताली, कहिले यता कहिले उता इज्यत भयो खाली।  कामकुरो एकातिर झण्डा बोक्यो हिंड्यो , गांण कोर्यो ,भित्तो फोर्यो, आपसमा भिड्यो।  जनताको नाममा अझै कति भाषण गर्ने, रातोदिनका सत्तो सराप हाम्ले सुन्नु पर्ने।  क्रान्ति गर्यो ,तल झर्यो ,चढ्यो चिल्लो गाडी  जेल बस्यो ,दरबार पस्यो, युवा जति खाडी। राजनीतिको पसलमा इमान भयो एक्लो, चित्र उही ,चरित्रमा सत्तो सराप बाक्लो।  प्रजातन्त्र लोकतन्त्र अझै के के तन्त्र, खुट्टी देखि पत्याउने समाजवादको मन्त्र    देस भयो महा गरिब राजनीतिमा रोगी, काम गर्नलाई जाँगर छैन हुन लाग्या जोगी। Devi Gautam       
आमालाई चिट्ठी मिती- २०६६- बैशाख १२ गते मातातिर्थ औंशी आमा ! पृथ्वी लोक बाट साष्टाङ दण्डवत । आमा तिम्ले भौतिक रुपमा हामी सम्पूर्ण परिवारजनलाई छोडेर गएको पनि ५ बर्ष भई सक्यो। आमाका ईच्छा पुरा भए कि भएनन भन्ने कुरामा हामी सबै जनहरु सोचनिय छौं। आज मातातिर्थ औंशीको दिन आमालाई सम्झेर आफ्ना भावना उतार्न भनेर म कान्छो छोरो कण्ठु कापी कलम लिएर बसेको छु।पहिला त आमाको आत्मालाई शान्ती मिलोस भन्ने कामना गर्दै घरपरिवारको सन्चो बिसन्चो का बारेमा केही कुरा लेख्छु।सबै भन्दा पहिला त मनले लेख्न पनि नदिने, भन्न पनि नसक्ने र अझै पनि स्विकार गर्न नचाहने तर यथार्थका बारेमा नै भन्नु पर्दा मन त्यसै मर्माहत भएको छ। आमाको स्वास्थ्य समस्या बिशेष गरी दम, ब्लड प्रेसर र आँङ खस्ने थियो। पछील्लो समयमा दमले आमालाई निकै गाल्यो।धेरै सन्तान जन्माउनु, समयमा उचित औषधोपचार र स्वास्थ्यको रेखदेख पनि नहुनु, गर्‍हुङगा भारी बोक्नु पर्ने कारणबाट नै आमालाई निकै अप्ठ्यारो भयो।उपचार गर्दा गर्दै पनि आमाको स्वास्थ्य समस्या नै गम्भिर भएका कारणले हामीलाई अली छिट्टै नै छोडेर जानु पर्‍यो। तर पनि आमाले गर्नु प

आरनको पानी यसरि ओकलें मैले

Image
म बाहुन हो भन्ने कुरा जन्मेको धेरै पछि मैले थाहा पाएको कुरा हो। मैले बाहुन हुन पाउँ भनेर कहीं कतै हक दाबी पनि गरेको छैन। म जन्मदै बाहुन भएर जन्मेको हो अथवा अरु कसैले मलाइ बाहुन बनाई  दिएको हो त्यो कुरा मलाइ अझै सम्म प्रमाणित रुपमा थाहा छैन। हजुरबाको थर पाध्या अर्थात पुनाखर पाध्याय थियो त्यो कुरा मलाइ राम्रो संग थाहा छ। सायद पाध्याय भनेको उपाध्याय होला। एक पटक हाम्रा कान्छाबा संग खरबारीमा घाँस काट्न संगै जाँदा सोधेको थिएँ : '' कान्छाबा पुजा गरेर पोको किन हजुरले र बाले मात्रै ल्याउने ? गाउँका अरुले किन नल्याउने ? '' एक हप्की त्यतिबेलै खाएँ '' तँलाई खाली किन यस्ता उटपट्याङ् कुरा मात्र गर्न पर्ने भन त ? हामी उपाध्याय भएर मात्र यस्तो गर्न पाको हो। सबैले पुजा गर्न थाल्ने हो भने तैंले केरा, सुन्तला, मनबौ , पुवा कसरि खान पाउँथिस त ? '' एक मनले त होतनि जस्तो पनि लाग्यो। तर मनमा खस खस भने मेटिएको थिएन।  फेरी एउटै कुरा सोधी राख्ने कुरो पनि भएन। हाम्रा बाउ बाजे शोषक बर्गका थिएनन। आर्थिक अवस्था न्यून थियो। आफ्नै जग्गाको उब्जनीले धान्न गाह्रो गाह्रो पर्थ्यो। कहिले क

बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला

बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला    अब कहिल्यै भेट घाट नहुने मान्छेको संस्मरण लेख्ने काम मलाइ निकै कठिन लाग्छ । बाँचुन्जेल जसले आफ्नो जीवनका सबै अमुल्य कमाईहरु समाजलाई दियो , परिवारलाई दियो, र आँफु जन्मेको माटोलाई दियो त्यो क्षण निकै महत्वपुर्ण हुन्छ। कसैले पनि  जीवनको हराभरापुर्ण समयमा मृत्युको कल्पना गरेको हुँदैन र गर्नु पनि हुँदैन। जीवनको अन्तिम घडी सम्म पनि बिष्णु पौडेलले भविष्यका योजनाहरु सुनाउनु हुन्थ्यो। रसिला कुराहरु गर्नु हुन्थ्यो र उहाँको स्वास्थ्य अवस्था देखेर चिन्ता ब्यक्त गर्ने हामीहरुलाई समेत उल्टै ढुक्क पारेर फर्काउनु हुन्थ्यो। त्यस्तो उच्चतम साहस र मनोबल थोरैमा मात्र हुन्छ भन्ने मलाइ लागेको छ।  सायद इ स २००९ को फेब्रुवरी महिनाको अन्त्य तिर  हुनु पर्छ , कोपन्हेगनको सेन्ट्रल स्टेशनमा उहाँ संग पहिलो जम्का भेट भएको थियो। उहाँ एक जना अर्को साथि संग कुरा गर्दै हिड्नु भएको रहेछ। हतारिंदै रेल समाउन दौडेको थिएं म , कसैले नेपाली बोलेको सुन्ने बित्तिक्कै नमस्कार भन्दै बोल्ने बहाना गरियो। म रोस्किल्डेमा बस्ने हुँदा प्राय नेपालीहरु फेला पार्न मुस्किल हुन्थ्यो। बिष्णु ज