Posts

डेनमार्कमा तीजको रौनक!

Image
गणेश ढकाल भद्र ७ गते नेपाली महिलाहरुको महान चाड तीजको अबसर पारेर एनआरन डेनमर्कले मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्‍यो। नेपाली राजादुताबसको प्राङणमा अयोजीत उक्त कार्यक्रममा कार्यालयका कार्यबाहक राजादुत र कर्मचारीहरु,एनआरएन डेन्मार्कका पधाधिकारीहरु, अन्तरराष्ट्रिय समन्वय परिषद (आइ।सि.सि) सदस्य, नेपाली दिदी बहिनिहरु,डेनमर्कमा लामो समय देखी बसोबाश गरिरहनु भएका मानुभावहरु,विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो। कार्यक्रम सम्योजक श्रीमती सरस्वती भुसालको सभापतित्व गर्नु भएको कार्यक्रमलाई श्रीमती देवीकुमारी गौतमले सन्चालन गर्नु भएको थियो। त्यसै गरी प्रमुख अतिथिमा महामहिम राजादुत -पत्नी श्रीमती भिबा कर्ण र अतिथिहरु श्रीमती स्वदेसा अर्याल, बिगत ३० बर्ष देखी डेन्मार्कमा बसोबाश गरिरहनु भएकी मुना पौडेल हुनुहुन्थ्यो। महिलाहरुकै अग्रसरतामा र पुरुषरुको सययोग समर्थनमा र सन्चालन भएको उक्त मनोरन्जनात्मक कार्यत्रममा श्रीमती निर्मला कडेल(सापकोटा)ले स्वागत मन्तब्य दिनुभएको थियो। सहभागीहरुको छोटो परिचय र औपचारिककताका साथ सुरु भएको उक्त कार्यक्रमा एनआरन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटाले भन्याबाद मन्तब्य...

कतारमा जाहाज डुबेर २ को मृतु १० जना बेपत्ता

दोहा -कतार, जिहाजमा ३५ जना थिए ६ जनाको जीवितै उद्धार ७ जनाको शव फेला संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहातर्फ आइरहेको पानीजहाज दोहा पर्सियन सागरमा डुब्दा २ नेपालीको मृत्यु भएको छ । १० नेपालीसहित २२ जना बेपत्ता छन् । जहाजमा ३५ जना थिए । तीमध्ये ६ जनाको जीवितै उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ । दोहा-दुबईबीच फैलिएको झन्डै एक हजार किलोमिटर लामो पर्सियन -मृत) सागरमा सञ्चालित पानीजहाज मंगलबार बिहान बेपत्ता भएको हो । जहाजबाट सातजनाको शव प्राप्त भएको हो । उद्धार गरिएका र शव फेला परेका अधिकांशको पहिचान हुन नसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । संयुक्त अरब इमिरेट्स -यूएई) स्थित एचबीके पावर क्लिनिङ कम्पनीले कामदारलाई कतारस्थित आफ्नै कम्पनीमा ल्याउँदै गरेका बेला जहाज दुर्घटना भएको थियो । जहाजमा यात्रारतमध्ये २४ जना एचबीके कम्पनीकै कामदार, २ हजाजकर्मी र २ जना क्याटरिङ स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाइम्स दैनिकले जनाएको छ । तीमध्ये १२ नेपाली, ११ भारतीय र एक बंगलादेशी रहेको समाचारमा उल्लेख छ । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रका अनुसार जहाजमा दुबईस्थित एच...

राष्ट्रबादी प्रधानमन्त्री र राष्ट्रपति

Image

यस्ता मान्छेहरुलाई पनि चिन्नुपर्छ

टिकाराम ढकाल दुबाई कोही बाँच्नको लागि खाने गर्छन कोही खानको लागि बाँचेका हुन्छन् मान्छेहरुकोही देशको लागि रुने गर्दछन कोही पेटको लागि रोएका हुन्छन् मान्छेहरु ,जो बाँच्नको लागि खाने गर्दछन ती साँच्चिकै मानव हुन्छन् मान्छेहरुजो खानको लागि बाँचेका हुन्छन् ती वास्तवमा नरभक्षी हुन्छन् मान्छेहरुजो देशको लागि रुने गर्दछन देशसँगै दुःख, सुख साट्ने गर्दछन मान्छेहरुजो पेटका लागि रुने गर्दछन देशका अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन मान्छेहरुजो देशसँगै दुःख, सुख साट्ने गर्दछन देशको लागि मर्न पनि तयार हुन्छन् मान्छेहरुजो देशको अस्तित्व गुम्दा पनि हाँस्ने गर्दछन ती यथार्थमा बाँचेर पनि मरेका हुन्छन् मान्छेहरुजो देशका लागि मर्ने गर्दछन ती मान्छेहरु जो बाचेर पनि मरेका हुन्छन् मान्छेहरुजो 'नरभक्षी' हुन्छन् ती मरेर पनि 'किचकन्या' बन्दछन सान्चै मान्छेहरुबाहिर हेर्दा भद्र हुन्छन् भित्र चाहिं छुद्र हुन्छन्। तर म भन्छु ( टिकाराम ढकाल ) "मेरो नेपाल मलाई प्राण भन्दा पनि प्यारो लाग्छ । नेपाल को बिकास को लागि हामी सबैले हात मा हात मिलाउ ।" -- With Best Regards, Tikaram Dhakal Sukh Sagar ...

प्रधानमन्त्री प्रचण्ड धन्यवाद ज्ञापन गर्दै सरकारबाट विदा

Image
प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा दिइसकेपछि काम चलाउ प्रधानमन्त्रीका हैसियतले संविधान सभाको संसदमा दिनुभएको सम्बोधनको पूर्ण अंश । सभामुख महोदय,नेपाली राजनीतिको अत्यन्त तरल, सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरूका अगाडि उभिएर केही कुरा राख्दैछु । गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव, अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन । अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन ? समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन ? यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन ? देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दूरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन ? आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरू खेलिरहेको तथ्य सजिलै बुझन सकिन्छ । यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरूका साथै महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र, समृद्ध एवं नयाँ लोकता...

जनमुक्तिसेनालाई लाल सलाम

- खगेन्द्र संग्रौला जनसेना दिवसको यो विशाल कार्यक्रममा आउनुभन्दा अगाडि यसमा आउने कि नआउने भन्ने विषयमा मेरो मनमा द्विविधा थियो । यो कार्यक्रम आधासम्म हेरिसकेपछि मलाई के लाग्यो भने यदि म यहाँ नआएको भए देशको एउटा वास्तविकताको पाटो मेरो आाखाबाट गुम्ने रहेछ । मलाई निम्ता गर्ने साथीहरू र मलाई यहाँ आउन कर गर्ने साथीहरूलाई म धन्यवाद दिन्छु । म माओवादी होइन । त्यसो त म खाओवादी पनि होइन । म एक सचेत नागरिकको दृष्टिकोणबाट जनमुक्ति सेना नेपालले परिर्वतनका क्रममा गरेका योगदानहरू त्यसको स्थान र दायित्वका बारेमा केही टिप्पणी गर्न चाहन्छु । मैले रुसी र चिनियाँ साहित्यको नेपालीमा धेरै अनुवाद गरेा । रुसी साहित्य र चिनियाँ साहित्यको अनुवाद गर्दा मेरो सम्पर्कमा छापामारहरू आएका थिए । जनसेना आएको थियो । तिनको टोपी, टोपीमा लगाउने रातो तारा र तिनले लगाउने कम्ब्याटको मैले नेपालीमा रूपान्तरण गरेको थिएँ । आज मैले मेरो मातृभूमिको आागनमा नेपाली समाजलाई शोषण, विभेद र अत्याचारबाट मुक्त गर्नका निम्ति आफ्नै आासु र पसिनामा पौडी खेल्दै यहाँसम्म आएको जनसेनालाई देखेको छु । त्यसबाट म गौरवान्वित भएको छु । म हषिर्त भएको छु ।...

कती राम्रो नेपाल

Image
कती राम्रो नेपाल हिउ नै हिउको हिमाल बिहानिको घाम हिमालमा झुल्किने नेपालको सगरमाथा संसारमा टल्किने बिहान् उठदाखेरी हिमालहरु झलल तल हेर्दा हिम नदिहरु बगे सलल ज्ञानको ज्योति बुद्धले जताततै फैलाए अरनिको र भ्रिकुटी हरु नेपालमै जान्मिए जलस्रोत्को धनी देस नेपाललाई चिनायो दिन को २० घन्टे लोड सेडिङले जनतालाई सतायो हेर्दा खेरी चारै तिर झरना हरु झरेका किन होला नेताहरु सधैं लडेका बिदेसमा हेर्यो भने कती राम्रो चाल नेपालमा सधैं हुन्छ बन्द हडताल पुग्यो अब आन्दोलन जुटौ बिकासमा पर्छ नेताहरु अब निकासमा दर्पण गौतम डेन्मार्क